Sunday, November 24, 2013

कहिले सपना मेटिन्छ
कहिले भेटिन्छ
यसपटक मैले भेटे सपनामा !
गुनासाको भारी बिसाउदै तिमी
मेरा आवाज सबै निर्थक भन्दै गयौ
हुर्‍याइदियौ भुमरीमा
निस्सासिदै
तिमीले  छोडेको बाटो
फर्केर हेर्ने पाएन
बिश्मय थियो आँफै सँग
कुन मोडमा जोडीएछ
हाम्रो बाटो  !!
समयको अन्तरालमा ,
आज फेरी सपनामा,
फेरी ,
गुनासो  उही रहेछ  
 ''एकपटक फर्केर शुभकामना पनि भनिनौ''
मलाई माफ गर !!
 तिमीले दिएका सयौ खाडल
 र भुमरीहरु अपमानहरु पार गरी रहदा
फर्केर शुभकामना दिन
मेरो आत्मसम्मानले मानेन!!

Saturday, September 28, 2013

लघुकथा: रा अ ख २४४

५ रूप्पे को २ मुठा , ५ रूप्पे को दुइ मुठा! उ आफ्नै सुरमा ब्यस्त हुन्छ कामना गर्दैहुन्छ कोहि आयोस र उसको धनिया किनिदेओस . सडकमा कालो धुवा फाल्दै बस माइक्रो बस दौडिदै छन् . बेला बेला मा उसको सुपो माथिको धनीयाको मुठाहरुमा साना साना कागज टुक्राहरु उड्दै आउछन उसले हरेक पटक टिप्दै फाल्दै गर्छ . यत्तिकै मा उसकै उमेरको बच्चाको गुड्दै गरेको साइकलले उसको सुपो माथिको धनियाका मुठोहरुलाई छेउबाटै कुल्चेर जान्छ .उ चै धमिलो स्मृतिमा तैरिन थाल्छ .
उसको स्मृतिमा ..... पछिल्लो पटक उ स्कूल जादै हुन्छ उसको बाबा संग मोटर साइकलमा. आमाले उसको स्कूल झोला दिदै भन्छिन-'' बेलुका समय मै आउनु ''. तर स्कूल पछि उसको बाबा उसलाई लिन आएनन बरु मध्ये रातमा रक्सि पिएर आए र आमालाई तथानाम गालिगरेर कुट्न थाले . भोलि पल्ट छत-बिछत भएको आमाको शरीर अस्पतालमा थियो निकै भिडभाड थियो. आमाको उपचार पछि एक जना चिनजान को गाउकै महिला अधिकार कर्मी दिदीले आमा सहित उसलाइ स्कुटर मा चढाएर अन्तै छुट्टै घरमा लगेर राखिन . उसको बाबाले माफि माग्यो कहिले रक्सि नखाने कुरा गर्यो, आमालाई कुटेको मा पश्चाताप गर्यो . तर ति दिदीले बाबा को कुरा नसुन्न सल्लाह दियिन. ति दिदीको सहयोगमा, उसको परिस्थिति देखेर विदेशको ठुलो दाता सस्थाले आमा र छोरा दुबैलाई सहयोगको प्रस्ताव गर्यो , छोरो लाइ राम्रो स्कूल मा निशुल्क पढाउने र आमालाई रोजगार दिलाउने कुरा गर्यो . ति दिदीले आमालाइ दाता सस्थाको विभिन्न कागजात मा हस्ताक्षर गराएर लिएर गईन .
त्यसको केहि दिन पछि ति दिदीको सहयोगमा बाबा आमाको सम्बन्ध बिच्छेद भयो . बाबाले सानी आमा बिहे गरे . आमा चै बिरामी परिन तर दाताको आशामा बसेका उनीहरुलाई भेट्न उसलाई सहयोग गर्ने ति महिला अधिकार कर्मी दिदि फेरि फर्केर आयिनन . पैसाको अभावको कारण उ स्कूल छोडेर बारीमा उम्रेको धनीयाको मुठा बेच्न बजार पस्यो. यत्तिकै मा धुलो र धुवा फाल्दै कालो गाडी उसको अगाडी रोकिन्छ - ''ए बाबु ४ मुठा धनिया देउ त'' उ झस्किदै ति महिला लाइ हेर्दै नहेरी धनीयाको मुठा गन्न थाल्छ अनि सानो पुरानो प्लास्टिक झोला मा राखेर दिदै भन्छ -'' १० रुपिया! '' गाडीको झ्यालको सिसा खोल्दै ति महिला २० को नोट दिदै भन्छिन . ' ए तिमी काम गर्न थालेउ , गुड, ल १० को छुट्टै छैन बाँकी तिमी नै राख '' उसले टाउको माथि गराएर हेर्छ --ति उनै दिदी थियिन जसले उसको आमा छोरालाई बिदेसी दाता सस्थाको सहयोग को लागि आमाको हस्ताक्षर लिएकी थियिन र बाबा आमाको सम्बन्ध विच्छेद गर्न सहयोग गरेकी थियिन. भएभरको धुलो र धुवा उसको धनिया माथि फ्याक्दै गाडी गुड्छ उसले चै २० रुपिया हातमा लिदै ति महिला चढेको चिल्लो गाडीको नम्बर पढ्न थाल्छ ' रा अ ख २४४' !!