Friday, December 7, 2012

नियम भित्रै त् बाधिन्छ!!

ठोक्किएर बतास

पहाड कहाँ थर्किन्छ

वेग बरु मन्द भै

बतास उल्टो फर्किन्छ!



छ वेगवान सागर

न हुन्छ थोपा मापन

जति उर्लिन्छ छाल भै

न रुक्न सकी फर्किन्छ!



उडछ चरा स्वतन्त्र भै

आकाश खुल्ला देख्दछ

घुमेर फेरी गुड मै

नियम भित्रै त् बाधिन्छ!!

Sunday, May 13, 2012

मुटु-मुटु जुधाएर हेर

आँखा जस्तै मुटु-मुटु जुधाएर हेर
मन भित्र रहरलाइ ब्युझाएर हेर

पग्लिए नि हिउ उही पानी बने जस्तै
फोडिएको हिरा भित्र ज्योति बले जस्तै
फेरिएको तिम्रो रुप यो छातीमा हेर
सक्छौ भने फेरी रहर ब्युझाएर हेर

मोड फेर्दै मा चित्रहरु नफेरिदो रैछ
रोके मन मस्तिस्कले झल्काउदो रैछ
तिम्रो नाम स्पन्दनको ढुकढुकीमा हेर
सक्छौ भने फेरी रहर ब्युझाएर हेर!

छैनौ तिमी साँझ-बिहान मेरो मझेरीमा
प्रेमको दियो बलिरहोस् तिम्रो अधेरीमा
रोपेको त्यो संगै-संगै फूललाई हेर
सक्छौ भने फेरी रहर ब्युझाएर हेर

आँखा जस्तै मुटु-मुटु जुधाएर हेर
मन भित्र रहरलाइ ब्युझाएर हेर

Tuesday, March 6, 2012

होस यसपटक म होली खेल्दिन

होस यसपटक म होली खेल्दिन

रंग भर्ने निहु मा

तीम्रा कामुक नजरले धेरै पटक मलाई छ्यापेको छ

मेरो शालीनताको

उपहाश गरेको छ

समिप्याताको

निहुमा

मेरो सुकोमलता माथि प्रहार भएको छ

संस्कारको नाम मा अब म यो रंग खेल्दिन

निथ्रुक्कै भिझने गरि फालिएका लोलाहरुले

मेरो सडक तिम्रो कुटिल बिचारको लागि

प्रतिवाद गर्दैछ

मेरो पाइला तिम्रो अशभ्य शभ्यताको

लागि अट्टहास गर्दै छ,

पोहोर साल ,

तिमीले ले रंग घस्न खोज्यौ
मैले रँग घस्न मन पराए

तर रंगको बदलामा मैले पाएका

तीम्रा चिमोटाई हरुले

मेरो आत्मस्वभिमानको मजाक गर्यो

अदृश्य दर्दको रुपमा ग्रहण

गर्ने क्षमता अब मा भित्र रहेन,

आफ्नै स्वाभिमानको खुम्चिएको हेर्ने

धैर्यता अब मा भित्र रहेन

भो , यसपटक मा रंग लाउदिन

ल!!