Thursday, February 25, 2010

तिमीलाई नै सुम्पिदैछु!

भन्छन जीवन यात्रा हो रे
जो,निरन्तर चलिरहन्छ
दिनरातको चक्र संगै,
निरन्तर घुमिरहन्छ
कहिले उतार कहिले चढावसंगै
मक्केका पदचापहरु केलाउदै
अतितको पूर्ण पाना पुन: नियाल्दै
विगतका सबै खुशीहरु
तिमीलाई नै सुम्पिदैछु!

चोट चोट नै के भयो र?!
दुखाइ मात्र पाए पछि
हाँस्न खोज्ने अधर अनि
परेली नै रुजाए पछि
बलेन्द्री सरी सारा आँशु
घुट्काउदै तिम्रो लागी
गुज्रेका ति मीठा उमंगहरु
तिमीलाई नै सुम्पिदैछु!

एकादेश कथा जस्तै
कहानी यो जिन्दगीको
लिखित सबै भाषाहरु
सागर भित्र डुब्दै जादा
भावनाका रंगहरु
भुमरीमा भौतारिदै जादा
रित्तो पाना साथ राखी
मीठो स्मृतीले भरिएको
अनमोल निशानी
रंगिन पानाहरु
तिमीलाई नै सुम्पिदैछु!

Wednesday, February 10, 2010