Thursday, February 25, 2010

तिमीलाई नै सुम्पिदैछु!

भन्छन जीवन यात्रा हो रे
जो,निरन्तर चलिरहन्छ
दिनरातको चक्र संगै,
निरन्तर घुमिरहन्छ
कहिले उतार कहिले चढावसंगै
मक्केका पदचापहरु केलाउदै
अतितको पूर्ण पाना पुन: नियाल्दै
विगतका सबै खुशीहरु
तिमीलाई नै सुम्पिदैछु!

चोट चोट नै के भयो र?!
दुखाइ मात्र पाए पछि
हाँस्न खोज्ने अधर अनि
परेली नै रुजाए पछि
बलेन्द्री सरी सारा आँशु
घुट्काउदै तिम्रो लागी
गुज्रेका ति मीठा उमंगहरु
तिमीलाई नै सुम्पिदैछु!

एकादेश कथा जस्तै
कहानी यो जिन्दगीको
लिखित सबै भाषाहरु
सागर भित्र डुब्दै जादा
भावनाका रंगहरु
भुमरीमा भौतारिदै जादा
रित्तो पाना साथ राखी
मीठो स्मृतीले भरिएको
अनमोल निशानी
रंगिन पानाहरु
तिमीलाई नै सुम्पिदैछु!

3 comments:

विष्णु प्याकुरेल said...

साह्रै यथार्थ परक अ यो कविता । राम्रो लाग्यो ।

दूर्जेय चेतना said...

तपाईको कबिता लेखन शैलीको म निकै फ्यान हु। साह्रै मनको टुक्रानै राखेर लेखिदिनु हुन्छ। मलाई लाग्छ यो तपाईको उत्कृत्ट कविताहरु मध्यको हो। वाह!! वाह!!
भुमरीमा भौतारिदै जादा
रित्तो पाना साथ राखी
मीठो स्मृतीले भरिएको
अनमोल निशानी
रंगिन पानाहरु
तिमीलाई नै सुम्पिदैछु!
साह्रै मन छोयो। निकै पटक पठे मैले।

Basanta said...

मर्मस्पर्शी कविता! भावनाको गहिराई देख्नसक्छ जो कोहिले पनि यो कवितामा!