Saturday, January 1, 2011

मेरो प्यारो पुरानो वर्ष- म संझनेछु तिमीलाई सधै!!

नयाँ वर्ष फेरि उहिउस्तै नयाँ उमंग
रहर अनि आशा!
झुट्टा लाग्छ मलाई
रमिते जस्तो लाग्छ तिम्रो आगमन!
हुन सक्छ यस पटक जस्तै अर्को साल
मैले यो नयाँ वर्षलाई
तिमीलाई असाध्यै सम्झनेछु
उस्तै गरि जसरी अहिले पोहर सालको सम्झिदै छु!

पोहोर साल शुभकामनाको थुप्रो थियो
खै त उस्तै दिन र रात
खहरे आएर आगन भरी
निथ्रुक्कै पार्यो
भर्खरै पलाएका मुनाहरु!!
मलाई साच्चै अनौठो लाग्छ
पटक पटक ठेस लाग्दा
उनै शुभकामना सम्झिए
असफल हुदाका चोटहरुमा
उनै सफलताका शब्दमाला सम्झिए
साँझ बिहानको गर्ज टार्न नसक्दा
लाचारित हुदै अवसर खोज्दै
उनै संवृद्दिका शुभेच्छा सम्झिए!

खै र!!?
अनि तिम्रो आगमनमा म हरेक पटक निराश हुन्छु !!!

बरु तिमी पुरानो हुदा
पुरानो वर्ष,
म सम्झिरहे छु तिम्रो उपस्थिति,
र हामीले संगै ब्यथित गरेका ति समयहरु
जहाँ ठेस लाग्दा चट्टानसंग
मलाई पाठ दियौ बाटो फर्केर हेर्ने
हार्दाको क्षणमा,
मेरो आशु संगै तिमीले साटेका ति पलहरु
जस्ले मलाई एकपाइला अघि बढ्न उत्प्रेरित गर्यो
हो, सम्झने छु तिम्रो साथ
जहाँ साझबिहानको मेरो कठिन पलमा
तिमीले झन दृढताका साथ सामना गर्न सिकायौ!!
साधुवाद छ!! तिमीलाई पुरानो वर्ष
म चाहान्छु उहि पल ठ्याक्कै त्यहि,
एकपटक फेरिमहसूस गर्न र कसरी म अप्ठ्याराहरुमा पनि
मुस्काउदै अघि बढ्न सके
तिम्रो उपस्थितिमा!!

मेरो प्यारो अतित , पुनरावलोकन गर्दै
तिम्रो यो बिदाइमा म आशु चुहाउन चाहान्न
बरु तिम्रो साथ हुदा सिकेका
अनगिन्ती पाठहरु मनन गर्न चाहान्छु!
तिमी आउनु यस्तै नै
हरेक पटक नयाँ भएर!
अहिले होइन नयाँ वर्ष
तिम्रो आगमनमा
म कति पुलकित छु
अर्को वर्ष, तिमी पुरानो हुदा
जब तिम्रो बेलगाम मायाको साथ महसूस हुनेछ
म कति हर्षित थिए
तिम्रो उपस्थितिमा
अनि सुनाउने छु यस्तै नै
जसरी मैले मेरो प्यारो अतित
मेरो पुरानो बर्ष सम्झिदैछु !!