Friday, July 30, 2010

उनीहरु एकाकार हुदै छन्

तिमी मान या नमान
हरेक साझको गोधुलीमा
तिम्रो गर्जोको लागि
दानी हुन सहर्ष
झुपडी बाट निस्कने उनीहरु
तिम्रो आडम्बर
र स्वार्थी मानसिकता देखेर
अब अन्कनाउदै छन्
महलहरु भित्र
पहरेदार हुन.

बरु, बस्नु नै किन नपरोस
स्वभिमानकासाथ
खुल्ला आकाश तल,
एक सर्को सासको लागि
एक घुट्को प्यासको लागि
र,
एक धर्को आशको लागि
भर्खर उभिन थालेका खुट्टाहरु पनि
बरु कठ्याँग्रिदै
निर्विवाद ,
रात बिताउन तमतयार छन्.

तिमी सम्झ या नसंझ
उनीहरु सम्झनेछन
उहिँ बर्षौको
थोपा थोपा पसिना
जो उनीहरुको
हत्केलामा होइन
तिम्रो पैताला मा विसर्जित हुन्थे.

तिनै हरेक बुंद
पसिनाले अभिशेष हुदै
उनीहरु अब,
पसिनाको मूल्य
फिर्ता लिनेछन.

तिमी मान या नमान,
तर, हेर त एक पटक
उनीहरु एकाकार हुदै छन्
फेरि
उहिँ पुरानो
स्वाभिमानको झुपडी बनाउदै छन् .

Tuesday, July 27, 2010

गजल

रूखो शब्द मर्यादामा, हाल्न नखोज
कस्को चाह कति भनि चाल्न नखोज

संझे चोखो प्रेम तर रे’छ वासना
आलिंगनले भो मन गाल्न नखोज।

ठक्करमा थाम्यौ पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब ढाल्न नखोज।

पिएँ बिषको ज्वाला अ-मृत ठानेर
भुंग्रो भाको मुटु फेरि बाल्न नखोज

भविष्य छ सिंगै हेर क्षितिज सम्म
पुरानो द्विविधा अझै पाल्न नखोज