तिमी मान या नमान
हरेक साझको गोधुलीमा
तिम्रो गर्जोको लागि
दानी हुन सहर्ष
झुपडी बाट निस्कने उनीहरु
तिम्रो आडम्बर
र स्वार्थी मानसिकता देखेर
अब अन्कनाउदै छन्
महलहरु भित्र
पहरेदार हुन.
बरु, बस्नु नै किन नपरोस
स्वभिमानकासाथ
खुल्ला आकाश तल,
एक सर्को सासको लागि
एक घुट्को प्यासको लागि
र,
एक धर्को आशको लागि
भर्खर उभिन थालेका खुट्टाहरु पनि
बरु कठ्याँग्रिदै
निर्विवाद ,
रात बिताउन तमतयार छन्.
तिमी सम्झ या नसंझ
उनीहरु सम्झनेछन
उहिँ बर्षौको
थोपा थोपा पसिना
जो उनीहरुको
हत्केलामा होइन
तिम्रो पैताला मा विसर्जित हुन्थे.
तिनै हरेक बुंद
पसिनाले अभिशेष हुदै
उनीहरु अब,
पसिनाको मूल्य
फिर्ता लिनेछन.
तिमी मान या नमान,
तर, हेर त एक पटक
उनीहरु एकाकार हुदै छन्
फेरि
उहिँ पुरानो
स्वाभिमानको झुपडी बनाउदै छन् .
4 comments:
राजनैतिक दिग्दारीलाई साह्रै सरल तर सशक्त ढंगले उधिनेर उनिहरु एकाकार हुँदैगरेको कुरालाई कवितामा आकार दिनुभएको छ । मन पर्यो । साह्रै राम्रो ।
kabitale bargiye jhalko dincha hai dhanybad
great great writeup, how come these feelings rise in you and not me
wowowowo great great feelings expressed , emerging poet
Post a Comment