Sunday, May 13, 2012

मुटु-मुटु जुधाएर हेर

आँखा जस्तै मुटु-मुटु जुधाएर हेर
मन भित्र रहरलाइ ब्युझाएर हेर

पग्लिए नि हिउ उही पानी बने जस्तै
फोडिएको हिरा भित्र ज्योति बले जस्तै
फेरिएको तिम्रो रुप यो छातीमा हेर
सक्छौ भने फेरी रहर ब्युझाएर हेर

मोड फेर्दै मा चित्रहरु नफेरिदो रैछ
रोके मन मस्तिस्कले झल्काउदो रैछ
तिम्रो नाम स्पन्दनको ढुकढुकीमा हेर
सक्छौ भने फेरी रहर ब्युझाएर हेर!

छैनौ तिमी साँझ-बिहान मेरो मझेरीमा
प्रेमको दियो बलिरहोस् तिम्रो अधेरीमा
रोपेको त्यो संगै-संगै फूललाई हेर
सक्छौ भने फेरी रहर ब्युझाएर हेर

आँखा जस्तै मुटु-मुटु जुधाएर हेर
मन भित्र रहरलाइ ब्युझाएर हेर