ब्यस्त छ सडक बिहानै देखि
एउटा जान्छ फेरी अर्को आउछ
झिसमिसे यो बिहान
कुहिरोले डम्म डाकेको छ
तर प्रवाह रोकिदैन
समय गतिवान छ
ओहो! उज्यालो हुनै आटेछ
अबेर होला फेरि?!!
यसपटक
बाधा दिने छैन
मिरमिरेको कुहिरोले
तर अभिशेष दिने छ लाखौ शीत बिन्दुले
हो, मैले मेरै माटोमा
झाँगिएको फर्सीको वोट फाल्नु छ
ह्वात्तै बढेका छ जराहरु
गहिरिदै छन् जालो बनेर
उखेल्ने पर्छ हर प्रयास ले
किनभने,
चिसो जमिन झांगिएको
दुर्गन्धित फर्सीको फूल भन्दा
मलाई मेरै सुख्का डाँडामा फुल्ने
पलाँसको फूल मनपर्छ
हो पलाँसको फुल
जस्ले गर्छ स्वाभिमानी संघर्ष आधीं संग
झर्नै पर्छ झर्छ तर आत्म-सम्मानसंग
Saturday, August 21, 2010
Thursday, August 19, 2010
गीत
सारंगीको धुन भै बजिरहने यो मन भित्र
मिर्मिरेको चिर्बिर झै झन्कार दिने तनभित्र
गुन्जी रहने आवाज मिठो पहरामै हरायो कि
झ्याउकिरीको स्वर पनि चोरु चोरु लाग्छ किन?
पर्खाइ यो निमेषको पुरै युग बनाउ कि त
दोबाटोमा लुकेर आँखा भरी बिछ्याउ कि त
मनभित्रका खुलदुली पोको पारी पछ्यौरीमा
छटपटीका मीठापल रोजु रोजु लाग्छ किन?
तरंगमा झुम्दै बसे झनै झुमिरहु लाग्ने
भावनाको रंग कस्तो अझै रंगु जस्तो लाग्ने
रहर साँच्ने ओठ अनि तृषित् ति नयन भित्र
रमाउदै जुनीभरी लुकु लुकु लाग्छ किन ?
मिर्मिरेको चिर्बिर झै झन्कार दिने तनभित्र
गुन्जी रहने आवाज मिठो पहरामै हरायो कि
झ्याउकिरीको स्वर पनि चोरु चोरु लाग्छ किन?
पर्खाइ यो निमेषको पुरै युग बनाउ कि त
दोबाटोमा लुकेर आँखा भरी बिछ्याउ कि त
मनभित्रका खुलदुली पोको पारी पछ्यौरीमा
छटपटीका मीठापल रोजु रोजु लाग्छ किन?
तरंगमा झुम्दै बसे झनै झुमिरहु लाग्ने
भावनाको रंग कस्तो अझै रंगु जस्तो लाग्ने
रहर साँच्ने ओठ अनि तृषित् ति नयन भित्र
रमाउदै जुनीभरी लुकु लुकु लाग्छ किन ?
Sunday, August 1, 2010
सपथ
आत्मियतालाई टुक्रा टुक्रा च्यातेर
स्वार्थको युद्द लड्नु अघि
हामीले सजाएको फूलबारी
सुगन्धित छ अझै
हामीले टेकेको माटो
...पैतलामा भेटिन्छ अझै
हामीले साटेको मित्रभाव
प्रतिबिम्बित छ आँखामा अझै
हामीले पूजेकी आमा
मन-मन्दिरमा सजिएकी छीनअझै
त्यसैले आऊ साथी
आजै मित्रताको सपथ खाऊ
एकपटक फेरि
क्रुरता र स्वार्थले
भरिपूर्ण यो दुनियामा
शुद्द मित्रताको उदाहरण बनौ
ताकी कोही,
मित्रको मुखुण्डो लाएर
यहाँ ढाडमा तिर रोप्न नसकोस
कोही शुभ-चिन्तकको बाहानामा
यहाँ मुटु छेड्न नतम्सियोस्!!!
स्वार्थको युद्द लड्नु अघि
हामीले सजाएको फूलबारी
सुगन्धित छ अझै
हामीले टेकेको माटो
...पैतलामा भेटिन्छ अझै
हामीले साटेको मित्रभाव
प्रतिबिम्बित छ आँखामा अझै
हामीले पूजेकी आमा
मन-मन्दिरमा सजिएकी छीनअझै
त्यसैले आऊ साथी
आजै मित्रताको सपथ खाऊ
एकपटक फेरि
क्रुरता र स्वार्थले
भरिपूर्ण यो दुनियामा
शुद्द मित्रताको उदाहरण बनौ
ताकी कोही,
मित्रको मुखुण्डो लाएर
यहाँ ढाडमा तिर रोप्न नसकोस
कोही शुभ-चिन्तकको बाहानामा
यहाँ मुटु छेड्न नतम्सियोस्!!!
Subscribe to:
Posts (Atom)