Friday, October 8, 2021

को हौ ?!!

 मेरो कल्पनाको शहर

अनवरत पछ्याइ रहने  

जति म खोतल्छु त्यति अद्रिश्य 

जति म कल्पन्छु त्यति प्रीय

 समिप ल्याउदा क्षितिज बन्ने  

मिर्मिरे बनेर जिस्काउने 

गोधुलिको छाया बनी 

सपनामा आउने !!

अहो! कस्तो  अाकृति यो अलौकिक !

दिएर स्पर्स मेरो आत्माभित्र 

छोडेर अमृत मेरो मुटु भित्र 

स्वर्गिय मेरो कल्पनाको शहरमा 

कोठामा,झ्यालमा,बाटोमा 

मेरो जिन्दगीको फूल वारीमा 

पराग बनेर आइ दिने 

तिमी को हौ ?!!

Tuesday, March 3, 2020

सपथ

आत्मियतालाई टुक्रा टुक्रा च्यातेर
स्वार्थको युद्द लड्नु अघि
हामीले सजाएको फूलबारी
सुगन्धित छ अझै
हामीले टेकेको माटो
...पैतलामा भेटिन्छ अझै
हामीले साटेको मित्रभाव
प्रतिबिम्बित छ आँखामा अझै
हामीले पूजेकी आमा
मन-मन्दिरमा सजिएकी छीनअझै
त्यसैले आऊ साथी
आजै मित्रताको सपथ खाऊ
एकपटक फेरि
क्रुरता र स्वार्थले
भरिपूर्ण यो दुनियामा
शुद्द मित्रताको उदाहरण बनौ
ताकी कोही,
मित्रको मुखुण्डो लाएर
यहाँ ढाडमा तिर रोप्न नसकोस
कोही शुभ-चिन्तकको बाहानामा
यहाँ मुटु छेड्न नतम्सियोस्!!!