Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Friday, October 8, 2021

को हौ ?!!

 मेरो कल्पनाको शहर

अनवरत पछ्याइ रहने  

जति म खोतल्छु त्यति अद्रिश्य 

जति म कल्पन्छु त्यति प्रीय

 समिप ल्याउदा क्षितिज बन्ने  

मिर्मिरे बनेर जिस्काउने 

गोधुलिको छाया बनी 

सपनामा आउने !!

अहो! कस्तो  अाकृति यो अलौकिक !

दिएर स्पर्स मेरो आत्माभित्र 

छोडेर अमृत मेरो मुटु भित्र 

स्वर्गिय मेरो कल्पनाको शहरमा 

कोठामा,झ्यालमा,बाटोमा 

मेरो जिन्दगीको फूल वारीमा 

पराग बनेर आइ दिने 

तिमी को हौ ?!!

Tuesday, March 3, 2020

सपथ

आत्मियतालाई टुक्रा टुक्रा च्यातेर
स्वार्थको युद्द लड्नु अघि
हामीले सजाएको फूलबारी
सुगन्धित छ अझै
हामीले टेकेको माटो
...पैतलामा भेटिन्छ अझै
हामीले साटेको मित्रभाव
प्रतिबिम्बित छ आँखामा अझै
हामीले पूजेकी आमा
मन-मन्दिरमा सजिएकी छीनअझै
त्यसैले आऊ साथी
आजै मित्रताको सपथ खाऊ
एकपटक फेरि
क्रुरता र स्वार्थले
भरिपूर्ण यो दुनियामा
शुद्द मित्रताको उदाहरण बनौ
ताकी कोही,
मित्रको मुखुण्डो लाएर
यहाँ ढाडमा तिर रोप्न नसकोस
कोही शुभ-चिन्तकको बाहानामा
यहाँ मुटु छेड्न नतम्सियोस्!!!

Tuesday, October 26, 2010

किन आभास हुन्छ: कोहि मलाई पर्खिरहेछ

फक्रिदैछन कोपिलाहरु
डेजी लिलीका गुछ्छाहरु
तर म किन सम्झिरहेछु?
बेली चमेलीका बोटहरु
सुगन्धित सुनगाभाको प्रस्फुटनहरु !!

उस्तै हरियाली उस्तै शितलता
उस्तै छहारी उस्तै मधुरता
तर किन मलाई अनुभूतीछैन?
वरपिपलको अदभूत शीतल
थकाई पछीको चरम सन्तुष्टि

पाइला लम्कि रहेछन्
गन्तब्य चिहाईरहेछ
तर किन याद आईरहेछ?
उकाली ओरालीका साथहरु
सफलताका अनगन्ति कामनाहरु

हरेक बिहानी मेरो आँखाको
निमन्त्रण दिरहेछ नयाँ संरचनाको
तर किन म संझिरहेछु?
स्पर्स त्यो आँखीझ्यालको
दिग्दर्शन त्यो अटल पहाडको

उही धर्ती म टेकीरहेछु
उही आकाश म देखीरहेछु
तर किन यथार्तता मेरो आँखामा नौलौ छ?
त्यो को हो? जो मलाई ईशारागरीरहेछ
किन आभास हुन्छ?
कोहि मलाई पर्खिरहेछ।।