Tuesday, March 3, 2020

सपथ

आत्मियतालाई टुक्रा टुक्रा च्यातेर
स्वार्थको युद्द लड्नु अघि
हामीले सजाएको फूलबारी
सुगन्धित छ अझै
हामीले टेकेको माटो
...पैतलामा भेटिन्छ अझै
हामीले साटेको मित्रभाव
प्रतिबिम्बित छ आँखामा अझै
हामीले पूजेकी आमा
मन-मन्दिरमा सजिएकी छीनअझै
त्यसैले आऊ साथी
आजै मित्रताको सपथ खाऊ
एकपटक फेरि
क्रुरता र स्वार्थले
भरिपूर्ण यो दुनियामा
शुद्द मित्रताको उदाहरण बनौ
ताकी कोही,
मित्रको मुखुण्डो लाएर
यहाँ ढाडमा तिर रोप्न नसकोस
कोही शुभ-चिन्तकको बाहानामा
यहाँ मुटु छेड्न नतम्सियोस्!!!