Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Wednesday, December 21, 2011

गजल


जानै थ्यो त दैलो टेक्न नआएको भए हुन्थ्यो
पधेँरामा पछ्याउँदै नधाएको भए हुन्थ्यो

जोड्नु अनि तोड्नु माया खेल रै’छ तिम्रो लागि
झुटै सही तर माया नलाएको भए हुन्थ्यो

बनाउँला आफ्नो भन्दै मन दिएँ धोका पाएँ
सोच्छु आज बरु भेट्नै नपाएको भए हुन्थ्यो

गर्यौ बाचा साथ दिने कसम पनि खाथ्यौ त
जानाजानी कसम् झुटो नखाएको भए हुन्थ्यो

सँगै बाँच्ने हाँस्ने खेल्ने रहर् सबै अधुरा छन्
सपना झैँ यी आँखामा नछाएको भए हुन्थ्यो!!

पुष्प राज घिमिरे
(मलाई अत्ति नै मन परेर यो गजल मुहार पुस्तिका बाट सुटुक्क निकालेर जस्ताको त्यस्तै वास्तव मै गजलकार संग नसोधेरै यहाँ राखेकी छु है -- हरेक शेरमा जादु छ अनि प्रेमको अनन्य पुकार छ)

Thursday, August 19, 2010

गजल

नाता उही पुरानो उनी संगको
लाग्छ पुनर्जन्म हो उनी संगको

झुमेको साँझ अनि खुशीको रात
मुस्काउदो क्षण त्यो उनी संगको

न फुस्रियो कतै न उडी गयो नै
हेर रंग रंगियो उनी संगको

सोधिन कहिले न माग्नै चाँहे
भयो प्रित बलियो उनी संगको

Tuesday, July 27, 2010

गजल

रूखो शब्द मर्यादामा, हाल्न नखोज
कस्को चाह कति भनि चाल्न नखोज

संझे चोखो प्रेम तर रे’छ वासना
आलिंगनले भो मन गाल्न नखोज।

ठक्करमा थाम्यौ पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब ढाल्न नखोज।

पिएँ बिषको ज्वाला अ-मृत ठानेर
भुंग्रो भाको मुटु फेरि बाल्न नखोज

भविष्य छ सिंगै हेर क्षितिज सम्म
पुरानो द्विविधा अझै पाल्न नखोज

Saturday, May 15, 2010

गजल

तिरस्कृत औलाहरु उनै फर्केर हेर्यौ
दोबाटोमा साथ अर्को, तर फर्केर हेर्यौ

निर्दोष दृष्ट प्रित चन्चल रहर उस्तै
समिप ल्याएर आफै, तिमी तर्केर हेर्यौ

निसर्त समर्पन अयोग्य थियो कि साच्चै
तृषित यी नजरमा, आशु छर्केर हेर्यौ

मेट्न नसकि पद्छापहरु हिडेका संगै
रंगाउदै थिए झन ,धुलो सर्केर हेर्यौ

नदेखेको कुरा नि सत्य तथ्य भए सबै
विडम्बना! मेरो आत्म,-कथा झर्केर हेर्यौ

Friday, October 16, 2009

उपहार तिम्रो अन्तस्करण देऊ मलाई !!

उपहार तिम्रो अन्तस्करण देऊ मलाई
यथार्थ जे छन् ती अनावरण देऊ मलाई


वर्षौ देखि जर्जर छु भग्नाबशेष हुन बाँकी
नढल्दै निर्माणको उदाहरण देऊ मलाई


पुछ्न थाल्यौ मलम फेरि नसुक्दै घाऊहरु
प्रतिबद्धता ओखतीको आमरण देऊ मलाई


उही पुरानो ढाँचा नै किन नयाँ परिवेशमा
नमक्किने परिस्कृत संस्करण देऊ मलाई


पाराकाष्ठा नाघीसक्यो तिम्रो ओठे शब्दजालले
म फ्याँकिदिन्छु तिम्रो आवरण देऊ मलाई



** यो ब्लग कहिले चै भाँडो तर कहिले चैं हाँडो हुनेरहेछ साच्चै। अघिल्लो महिना देखि हुदै गरेको अस्थिरता र ब्यस्तताको कारण निकै पछी आज तर मेरो पुरानो डायरीबाट मेरो गन्थन झिकेर यता नयाँ झुपडीमा सारेकी छु जस्ताको त्यस्तै..:)

Thursday, September 10, 2009

जुनी बिसाईं दिउँला!


पाए कतै निमन्त्रणा समिप मै आई दिउँला
देखे इशारा मात्रै नै चोखो माया लाई दिउँला

छोईदिए उनले झन जोडले धड्कि दिउँला
सोधे भने ‘जीवन’ मुटु भित्रै देखाई दिउँला

ईन्द्रेणीको रेखा भित्र सारा यौवन भरिएको
मागे उन्ले प्रेमले सातै रँग्मा रँगाई दिउँला

साचेकीछु तृष्णाहरु सबै लुकाएर छातीभरि
हेरे मात्रै मायाले हत्केलामै थमाई दिउँला

सजाइरहेछु गोरेटो मेरो उन्को प्रतिक्षामा
संझी आए कदमभरी नयन ओछ्याई दिउँला

सोचाइले मात्रै भेट्को' रोमान्चित हुदैछु आश्मा
स्पर्शै भए पुग्छ नि पृय! जुनी बिसाई दिउँला

Sunday, July 26, 2009

आँखैमा मात लाग्ने

आँखैमा मात लाग्ने, प्रिय रहर याद आयो
समाहित हामीदुबै, त्यो प्रहर याद आयो

समर्पित सबै विस्वासमा, शून्य सरी दूरी
संयोजन तृप्ति स्वर्गिय, शहर याद आयो

पिउने बहानामा, धेरै पटक बाजी थापि
रित्तिएको संगै रातको, लहर याद आयो

आँशु साटी भावनामा चाहाना थाती राखेर
विछोडिदाको हाम्रो उहि कहर याद आयो

http://www.majheri.com/node/551