Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts

Saturday, September 28, 2013

लघुकथा: रा अ ख २४४

५ रूप्पे को २ मुठा , ५ रूप्पे को दुइ मुठा! उ आफ्नै सुरमा ब्यस्त हुन्छ कामना गर्दैहुन्छ कोहि आयोस र उसको धनिया किनिदेओस . सडकमा कालो धुवा फाल्दै बस माइक्रो बस दौडिदै छन् . बेला बेला मा उसको सुपो माथिको धनीयाको मुठाहरुमा साना साना कागज टुक्राहरु उड्दै आउछन उसले हरेक पटक टिप्दै फाल्दै गर्छ . यत्तिकै मा उसकै उमेरको बच्चाको गुड्दै गरेको साइकलले उसको सुपो माथिको धनियाका मुठोहरुलाई छेउबाटै कुल्चेर जान्छ .उ चै धमिलो स्मृतिमा तैरिन थाल्छ .
उसको स्मृतिमा ..... पछिल्लो पटक उ स्कूल जादै हुन्छ उसको बाबा संग मोटर साइकलमा. आमाले उसको स्कूल झोला दिदै भन्छिन-'' बेलुका समय मै आउनु ''. तर स्कूल पछि उसको बाबा उसलाई लिन आएनन बरु मध्ये रातमा रक्सि पिएर आए र आमालाई तथानाम गालिगरेर कुट्न थाले . भोलि पल्ट छत-बिछत भएको आमाको शरीर अस्पतालमा थियो निकै भिडभाड थियो. आमाको उपचार पछि एक जना चिनजान को गाउकै महिला अधिकार कर्मी दिदीले आमा सहित उसलाइ स्कुटर मा चढाएर अन्तै छुट्टै घरमा लगेर राखिन . उसको बाबाले माफि माग्यो कहिले रक्सि नखाने कुरा गर्यो, आमालाई कुटेको मा पश्चाताप गर्यो . तर ति दिदीले बाबा को कुरा नसुन्न सल्लाह दियिन. ति दिदीको सहयोगमा, उसको परिस्थिति देखेर विदेशको ठुलो दाता सस्थाले आमा र छोरा दुबैलाई सहयोगको प्रस्ताव गर्यो , छोरो लाइ राम्रो स्कूल मा निशुल्क पढाउने र आमालाई रोजगार दिलाउने कुरा गर्यो . ति दिदीले आमालाइ दाता सस्थाको विभिन्न कागजात मा हस्ताक्षर गराएर लिएर गईन .
त्यसको केहि दिन पछि ति दिदीको सहयोगमा बाबा आमाको सम्बन्ध बिच्छेद भयो . बाबाले सानी आमा बिहे गरे . आमा चै बिरामी परिन तर दाताको आशामा बसेका उनीहरुलाई भेट्न उसलाई सहयोग गर्ने ति महिला अधिकार कर्मी दिदि फेरि फर्केर आयिनन . पैसाको अभावको कारण उ स्कूल छोडेर बारीमा उम्रेको धनीयाको मुठा बेच्न बजार पस्यो. यत्तिकै मा धुलो र धुवा फाल्दै कालो गाडी उसको अगाडी रोकिन्छ - ''ए बाबु ४ मुठा धनिया देउ त'' उ झस्किदै ति महिला लाइ हेर्दै नहेरी धनीयाको मुठा गन्न थाल्छ अनि सानो पुरानो प्लास्टिक झोला मा राखेर दिदै भन्छ -'' १० रुपिया! '' गाडीको झ्यालको सिसा खोल्दै ति महिला २० को नोट दिदै भन्छिन . ' ए तिमी काम गर्न थालेउ , गुड, ल १० को छुट्टै छैन बाँकी तिमी नै राख '' उसले टाउको माथि गराएर हेर्छ --ति उनै दिदी थियिन जसले उसको आमा छोरालाई बिदेसी दाता सस्थाको सहयोग को लागि आमाको हस्ताक्षर लिएकी थियिन र बाबा आमाको सम्बन्ध विच्छेद गर्न सहयोग गरेकी थियिन. भएभरको धुलो र धुवा उसको धनिया माथि फ्याक्दै गाडी गुड्छ उसले चै २० रुपिया हातमा लिदै ति महिला चढेको चिल्लो गाडीको नम्बर पढ्न थाल्छ ' रा अ ख २४४' !!

Wednesday, July 24, 2013

परामर्श

‘प्रीति ! आज मेरो डक्टरकोमा जानु छ ल   ९  बजे!’ बद्रीले अनुनय साथ हेर्दै भन्छन।

‘ओहो! आज त मलाई वर्कसप को तयारी पो गर्नु छ त। बाहिर बाट मानिस आउन थालेका छन। त्यस्को ब्यावस्था गर्नु छ। सक्ने काम त आफै  गर्नुस न सधै भरि मेरै भर परेर हुन्छ !‘ प्रीतिले ऐना हेर्दै सुस्त तर खस्रो आवाज निकाल्छिन्। बद्रि संग यस्को प्रतिउत्तर छैन। दिनभर मन्त्रालयमा मथिल्लो तहबाट आउने आदेश अनि वर्षौको अस्वस्थता!-आफ्ना कमिकमजोरी बाहिरकालाई देखाउनु भन्दा आफ्नै जीवन संगिनीको रुखो शब्द भित्र मानसिक रुपमा सुखानुभूति प्राप्त गर्ने प्रयास गर्छन बद्री!

‘सुन न, आज तिमी एक दुई घन्टा पछि गए हुदैन, संगै जाउ न डाक्टरकोमा , 'को छ साथ् मा' भनेर सोध्छन नर्सहरु, निकै एक्लो र कम्जोर महसुस हुन्छ. '' बद्रि फेरी उही कुरा दोहराउछ्न .

‘यस्तो जरुरीकाम त समय मै गर्नु पर्यो नि । कहाँ अघि र पछिको कुरो गरिरा?प्रीतिले अनिवार्यता देखाउछिन’फेरि बिहानै ३-४ जना क्लाइन्ट आइसकेको हुन्छ। सधै ढिला हुन्छ।  ।‘प्रीतिले चियाको कप उस्को टेवल माथी टक्रक्क बजाउदै राख्छिन।

‘अरु बढी केहि चाहियो भने माया संग माग्नु ल! मलाई हतार हुन आट्यो। पर्खिरहेका होलान।‘ प्रविधिको विकासले कहाको मान्छे लाई कहा पुर्याइदिन्छ त्यसै अनुरुप प्रीति आज भोलि प्रत्यक्ष परामर्श सुबिधा उपलभ्ध गराउन थालेकि छिन वेब क्याम मा फेसबुक अनि याहु च्याट मार्फत ।

‘अनि माथिल्लो दराजमा छन सबै हस्पिटलको डकुमेन्टहरु, बिर्सेर गएर मलाई फोन नगर्नुहोला मलाई फुर्सद हुदैन पुर्याउन फेरि। ‘लौन भुसुक्क बिर्सिएछु !! हेर्नुस त आज छोरीको स्कूलमा प्रोग्राम छ रे जसरी भएनि जानुहोला। १० बजे पुग्नु पर्छ।‘ प्रीतिले स्याण्डलको लेस मिलाउदै बद्रीलाई थुप्रै कुरोको संझना गराउछिन।

‘के आयो फेरि’  छोटो रिङ सुनेर प्राप्तिले बद्री तिर हेरेर सुस्तरी भन्छिन। नजिकै सोफामा बसेर चिया पिउदै गरेको बद्रीको आँखा जानि नजानी प्रीतिको सेलफोनमा श्रीमतीको पुरानो मित्र  विश्वको  फोटो सहित  टेक्स्ट  म्यासेज मा ठोकिन्छन  ‘come online sweet heart, i am desperate.’



अस्तु !
http://www.dautari.org/2013/07/blog-post.html

Sunday, October 31, 2010

नियम!

के पढि राख्नु भा?’
'नकाराउ न, प पढ्दै छु?’
त्यहि त, के बारेमा हो?
'किन चाहियो तिमीलाई? कत्ति नै जान्ने जस्तो- आज एउटा लेक्चर दिनु छ क्या ‘महिला,घर अनि नियम।'
‘निकै मज्जाको रहेछ नि ,साच्चै महिलासंग पुरुष पनि आउनु पर्ने होइन र? के पुरुष नियम र घर संग जोडिदैन र?!
‘हो हो तिमीलाई सबै मज्जाको लाग्छ शीला तर तिमी कहिल्यै बुझ्दिनौ कसरी जोडिन्छ।‘

भन्नुस न के हो त्यो भनेको?अनि कसरी जोडिन्छ ? ‘ शीला यसरी नजान्ने हुन रत्ति भर अड मान्दिनन्। किनभने समझदारिता चाहिन्छ नि घर परिवार मा !उनी भित्र को आत्म विस्वास वास्तवमा उन्को जीवनको कडी नै हो!’हेर घर भनेको ढुंगा र माटोबाट दिइएको एउटा आकार हो। तर नियमले त्यसलाई मन्दिर बनाउछ । त्यै मन्दिर बनाउने काम महिलाको हो । एउटा घर घर परिवार सफल हुनलाई महिलाको हात हुन्छ’’

‘उसोभा पुरुष केहि होइन?
'तिमी यस्ता प्रश्न शोधेर मेरो कान नदुखाऊ त!
’पुरुष त घर को हेड हो नि। ऊ बिना महिला सार्थक हुदैन। महिलाले असल नियम बनाउनु पर्छ र पुरुष र परिवारको अरु सदस्यले त्यसलाई पालन गर्नु पर्छ।अनि मात्र हामीले सफल जीवन बिताउन सक्छौ।‘’ उस्ले शीलाको हात आफ्नो हातमा राक्दै ब्याख्या गर्छ। बिहानभरिको भान्साको धौडधुप, अफिस को कामको चटारो, घरधन्धा र बच्चाको रेख देख स्कूल अनि छुट्टै घरायसी कर्तव्यले थिचिएकी शीला सार्थकताको परिभाषा संझिन्छिन तर 'घरको हेड'को परिभाषा समुरद्रको लहर जस्तै दिमागमा बगिरहन्छ!
‘खै मेरो कपडा तयार भयो?’
उस्को आवाजले उनी भित्र एककिसिमको भाव संचारित हुन्छ - यो पनि नियम नै हो नि ! पालन गर्नु पर्छ!
‘हजुर ह्यांगर मा छ उता’ उन्ले कपडा तयार भएको तिर देखाउछिन।
‘ह्या ल्याउन! ‘ दोश्रो आदेश आउछ ,सायद य पनि नियम नै हो!
‘पालन गरेको खै त?!’शीला भित्र आफै संग अन्तरविरोध गर्दै जवाफ दिन्छन- ‘ म अब भर्खरै देखि नियम बनाउदै छु। ‘
‘कस्तो?’ उस्ले मुख बंग्याउदै सोध्छ।
‘आफ्नो काम आफै गर्ने’ आँखा झुकाउदै शीला जवाफ दिन्छिन ।
‘नजिस्क !‘ उनी स्तब्ध तर मुस्काउदै कपडा पुराइदिन्छन।र हाँस्दै भन्छीन ‘बेल्का चाँडै फर्किनुस र जस्तो मन लिएर जानु हुदैछ त्यस्तै मन लिएर फर्किनुस है त—मैले अर्को नियम बनाए’
‘ल ल धेरै भयो’ उस्ले बाई भनेर हात हल्लाउन उचित ठानेन।
ऊ हतार हतार निस्कन्छ घर बाट। निकै फुर्तिसाथ हिडेको पतिदेव गएको पर सम्म हेरिरहन्छिन शीला।
अस्तु!