Thursday, August 19, 2010

गजल

नाता उही पुरानो उनी संगको
लाग्छ पुनर्जन्म हो उनी संगको

झुमेको साँझ अनि खुशीको रात
मुस्काउदो क्षण त्यो उनी संगको

न फुस्रियो कतै न उडी गयो नै
हेर रंग रंगियो उनी संगको

सोधिन कहिले न माग्नै चाँहे
भयो प्रित बलियो उनी संगको

No comments: