Thursday, August 19, 2010

गीत

सारंगीको धुन भै बजिरहने यो मन भित्र
मिर्मिरेको चिर्बिर झै झन्कार दिने तनभित्र
गुन्जी रहने आवाज मिठो पहरामै हरायो कि
झ्याउकिरीको स्वर पनि चोरु चोरु लाग्छ किन?

पर्खाइ यो निमेषको पुरै युग बनाउ कि त
दोबाटोमा लुकेर आँखा भरी बिछ्याउ कि त
मनभित्रका खुलदुली पोको पारी पछ्यौरीमा
छटपटीका मीठापल रोजु रोजु लाग्छ किन?

तरंगमा झुम्दै बसे झनै झुमिरहु लाग्ने
भावनाको रंग कस्तो अझै रंगु जस्तो लाग्ने
रहर साँच्ने ओठ अनि तृषित् ति नयन भित्र
रमाउदै जुनीभरी लुकु लुकु लाग्छ किन ?

No comments: