झरी पछिको बिहानी जस्तै
सफा मेरो मन सिन्दुरे रहरले रंगिरहेकोबेला
मेरो आकाशमा
एक्कासी देखिएको ए! श्रावण
तेरो कालो बादलले छोपेका छन सबै मेरा खुशीहरु
निराशाले न्यास्रिएकाछन सबैमेरा रहरहरु
मैले सिर्जेका मेरा विपना पनि
नमिठो सपना पछिको ब्यूझाई जस्तै
स्तब्ध र भावशुन्य भएकाछन- दिनहरु
गल्ति थियो मेरो न्यानो स्वागतको
गल्ती थियो मेरो निमन्त्रणाको
गल्ति थियो मेरो निस्चल दृष्टिको
जस्ले सेतो पर्दा भित्रको
कालो बादल ठम्याउन सकेन
बुझ्न सकेन
आखिर बादल बादल नै हो
जो बर्सिएर खहरे बाढी निम्त्याउछ!
पुग्यो!! चाहिएन अब मलाई
मेरो खुशी खोस्ने कालो श्रावन!
मलाई त संग मेरो आँशुको मूल्य माग्नु छ
छहराजस्तै चन्चल लाग्ने मेरा भावहरु
तेरो करतुतले आक्रोशित भएकाछन्!
मेरो सृजनाको बाटोमा ह्वापल्याक्क चुक पोखेर
मध्यरातको अध्यारोमा
निरन्तर मेरो उज्यालो संसारको
गला रेट्ने तेरो कालो उपस्थिति
र बदनियतको छातिमाथि
च्वास्स च्वास्स घृणाको तीर रोप्नुछ!
हरेक पलमा
माया र स्नेहमा निर्लुप्त मेरा हातहरु
तेरो धृष्टताले कठोर र भावविहीन भएकाछन।
कति चोटी
असह्य र वेदनाले पोलेका स्वरहरु कराउन
खोजे किनारा रहित तेरो कालो दृष्टिले
भर्खरै फक्रिदै गरेका मेरा कोपिला
अनि मेरो सृजनाको
मिठो आवाज खोस्ने प्रयास गर्यो!
ए कालो बादल!
प्रीतिको नाममा तैले धोकाको पराकाष्टा नाघिस्
अब तेरो आडम्बरको चट्यांग-
तैले नै सुन्नु पर्छ
हरेक धड्कनमा,
प्रेमको संगित दिने मेरो मुटु
ढुंगा जस्तै अचेत भएको छ अचेल!
तडपिनु र पिल्सिनुको सिमा निकै तलपुगेको
जीवन न कसैको सहानुभूति हो
न त कसैको भिख,
तातो शरीरमा बग्ने हरेक थोपा रगतको
आफ्नै पहिचान छ
कसैको दयाले जीवित रहन चाहान्न यो
त्यसैले,ए कालो बादल !
त हटेर जानै पर्छ!
बस् भो! पुग्यो!! अब चाहिएन मलाई
धुष्टताले भरिएका तेरा शुभेच्छाहरु
मेरो सानो संसार काफी छ
भो चाहिएन मलाई... मेरो खुशी खोस्ने कालो श्रावन!!
Friday, November 6, 2009
Thursday, October 22, 2009
जीवन
रुनुपनि जिन्दगी हो हाँस्दा हाँस्दै रोइ दिन्छु
हाँस्नु पनि जिन्दगी हो रुँदा रुँदै हाँसी दिन्छु
कोलाहलले ब्याप्त तर शून्य सफर भरि
रमाउनु पर्छ रे यहाँ रमेरै बाँची दिन्छु ।
कैले छाति फुटाएर टुक्रीदिउँ जस्तो लाग्छ
कहिले दिलै खोलेर हाँसीदिउँ जस्तो लाग्छ
हाँसो अनि रोदनको दोसाँधमा जिन्दगी
नबुझेको कल्पनामा गुज्रीरहूँ जस्तो लाग्छ।
भर्न खोज्छु सपनाहरु झन् रित्तो भैदिन्छ
कोशिश गरे रित्याउने भरेको आभास् हुन्छ
भरिनु र रित्तिनुको चक्र भित्र घुम्दै घुम्दै
चिप्लेका कदहरु सम्हाली रहूँ जस्तो लाग्छ।
चाहादैमा क्षितिज छोप्न सकिने कहाँ हो र?
सम्झदैमा गन्तब्य भेटिई हाल्ने कहाँ हो र?
कठोर यो समयको अधिन भित्र रहनु छ
र पनि सुन्दर् जीवन पाइरहूँ जस्तो लाग्छ ।
हाँस्नु पनि जिन्दगी हो रुँदा रुँदै हाँसी दिन्छु
कोलाहलले ब्याप्त तर शून्य सफर भरि
रमाउनु पर्छ रे यहाँ रमेरै बाँची दिन्छु ।
कैले छाति फुटाएर टुक्रीदिउँ जस्तो लाग्छ
कहिले दिलै खोलेर हाँसीदिउँ जस्तो लाग्छ
हाँसो अनि रोदनको दोसाँधमा जिन्दगी
नबुझेको कल्पनामा गुज्रीरहूँ जस्तो लाग्छ।
भर्न खोज्छु सपनाहरु झन् रित्तो भैदिन्छ
कोशिश गरे रित्याउने भरेको आभास् हुन्छ
भरिनु र रित्तिनुको चक्र भित्र घुम्दै घुम्दै
चिप्लेका कदहरु सम्हाली रहूँ जस्तो लाग्छ।
चाहादैमा क्षितिज छोप्न सकिने कहाँ हो र?
सम्झदैमा गन्तब्य भेटिई हाल्ने कहाँ हो र?
कठोर यो समयको अधिन भित्र रहनु छ
र पनि सुन्दर् जीवन पाइरहूँ जस्तो लाग्छ ।
Subscribe to:
Posts (Atom)