Wednesday, February 10, 2010
Friday, January 29, 2010
शून्य!!
{यो कबिता बबी सिसको वाल बाट खुसुक्क कपि गरेर यता राखेकी छु --खै सिसले के ठान्नु होला तर बबीका यि शब्दमाला मेरो कलम ले लेखे जस्तो लाग्यो --साच्चै म बोले जस्तै---यो सुन्दर भावनाको लागी धन्यवाद बबी सिसलाई :) }
मेरो क्षितिजमा सूर्य छैन,
न गुलाफी उषा मुस्काँउछे त्यहाँ,
न सिन्दुरी सन्ध्या लजाउछे,
आकाश रित्तो रित्तो छ,
ताराहरु कता हराएछन?
चन्द्रमा बेपत्ता भएकी छे।
म जति निहार्छु त्यो कालो खाडललाइ,
त्यो गहिरो गहिरो हुँदै जान्छ,
शायद आकाशमा ठुलो भ्वाङ छ।
सपनाका अणुहरु खस्दै छन् असरल्ल,
रहरहरु चिस्सिएर जम्दै छन् पल पल,
अनि यो एकोहोरो बाटो कहाँ जाँदैछ?
खै ,
यात्राको अस्तित्व के मा छ??
शब्दको जालोहरु किन परिभाषा बनाउछन्?
अक्षरहरु शून्य छन्,
शब्दहरु शुन्य छन्,
आकाश शून्य छ,
क्षितिज पनि शून्य। 
--बबी नेपाली
Subscribe to:
Posts (Atom)