Thursday, October 28, 2010

सोच्दैछु

म सोच्दैछु

के उपहार दिउँ

मलाई सबभन्दा प्यारो लागेको कुराहरू

या,

मलाई भुल्न गाह्रो लागेको कुराहरू

तिम्रो पहिलो स्पर्श

या,

दोश्रो स्पर्श

र स्थायी न्यानोपन!

पहिलो फूल

या, दोश्रो फूल

र यसरी बनेको उपवन!

एक दूरी

एक विरह

र फेरि मुटु फुट्ने मिलन!

एक तलबितल

फेरि ढाढस शितल

र जीवनको जीवनकै रूपमा अखण्ड किर्तन

मलाई सबभन्दा प्यारो लागेको कुराहरू

मलाई भुल्न गाह्रो लागेको कुराहरू

उपहार ल ?!!



(समर्पित उसलाई )

Tuesday, October 26, 2010

किन आभास हुन्छ: कोहि मलाई पर्खिरहेछ

फक्रिदैछन कोपिलाहरु
डेजी लिलीका गुछ्छाहरु
तर म किन सम्झिरहेछु?
बेली चमेलीका बोटहरु
सुगन्धित सुनगाभाको प्रस्फुटनहरु !!

उस्तै हरियाली उस्तै शितलता
उस्तै छहारी उस्तै मधुरता
तर किन मलाई अनुभूतीछैन?
वरपिपलको अदभूत शीतल
थकाई पछीको चरम सन्तुष्टि

पाइला लम्कि रहेछन्
गन्तब्य चिहाईरहेछ
तर किन याद आईरहेछ?
उकाली ओरालीका साथहरु
सफलताका अनगन्ति कामनाहरु

हरेक बिहानी मेरो आँखाको
निमन्त्रण दिरहेछ नयाँ संरचनाको
तर किन म संझिरहेछु?
स्पर्स त्यो आँखीझ्यालको
दिग्दर्शन त्यो अटल पहाडको

उही धर्ती म टेकीरहेछु
उही आकाश म देखीरहेछु
तर किन यथार्तता मेरो आँखामा नौलौ छ?
त्यो को हो? जो मलाई ईशारागरीरहेछ
किन आभास हुन्छ?
कोहि मलाई पर्खिरहेछ।।