तिमी बाँचेकी हैनौ नि
सास फेरेकी हौ,
बाँचेकी भए भनत
कति पटक तिम्रो स्वाभीमानको
कदर भयो?
कति पटक तिम्रो आत्मविश्वासको
अस्तित्व स्विकारियो?!
हरेक बिहान
मिर्मिरेको उज्यालो संगै
तिम्रो चम्किलो दिउँसोको हत्या हुन्छ।
नबुझेर गर्व ठान्छौ त्यस्लाई
तर त्यो मन्द विष
फैलिदै,
जकड्दैछ तिमीलाई!
‘म’ को अस्तित्व भुलेर
कसैको शब्दजालमा कसिएकी छ्यौ
एकपटक सोच त
तिम्रा भावनाहरु व्यक्तिगत स्वार्थको लागि
कसरी चूडालिन्छन
कसैको आडम्बर बनेर!
नपत्याए सोध आफै संग
के तिमीले लगानि गरेका तिम्रा सीपहरु
तिम्रो प्रयोजनका लागि भएका छन त?
के अर्ध भोक हुदै चुहाएको तिम्रो पसिना
तिम्रो हत्केला मा नै भरिइन्छ त?
हो त्यसैले म भन्दैछु
तिमी बाँचेकी हैनौ
सास फेरेकी हौ
सास फेर्नु र
बाँच्नुमा
फरक
छ!!
तिम्रो शुद्दता हिउ संग दाजिन्छ
जस्को अस्तित्व
एक धर्को घामले मेटाइदिन्छ
तिम्रो मन पानीको चन्चलता संग जोखिन्छ
जस्को अस्तित्व झुकावतिर तर्किन्छ
पुग्यो अब,
अस्विकार गर ति उपमाहरु
बरु हल्लैहल्लको यो वस्तिमा
प्रतिध्वनित भएको होस तिम्रो आवाज
खण्डहर हुन नपाउदै महलमा
पुजीएको होस तिम्रो अस्मिता
अनि पो बाँचेकी हुन्थ्यौ
अब सास लिनलाई बाँच्न हैन
बाँच्नलाई सास फेरौ !!
तिमी स्वीकार गर या अस्वीकार
त्यो तिम्रो मर्जी,
तर तिमी बाँचेकी हैनौ
सास फेरेकी हौ!!
मात्रै सास फेरेकी !!
Friday, December 24, 2010
Sunday, October 31, 2010
नियम!
के पढि राख्नु भा?’
'नकाराउ न, प पढ्दै छु?’
त्यहि त, के बारेमा हो?
'किन चाहियो तिमीलाई? कत्ति नै जान्ने जस्तो- आज एउटा लेक्चर दिनु छ क्या ‘महिला,घर अनि नियम।'
‘निकै मज्जाको रहेछ नि ,साच्चै महिलासंग पुरुष पनि आउनु पर्ने होइन र? के पुरुष नियम र घर संग जोडिदैन र?!
‘हो हो तिमीलाई सबै मज्जाको लाग्छ शीला तर तिमी कहिल्यै बुझ्दिनौ कसरी जोडिन्छ।‘
भन्नुस न के हो त्यो भनेको?अनि कसरी जोडिन्छ ? ‘ शीला यसरी नजान्ने हुन रत्ति भर अड मान्दिनन्। किनभने समझदारिता चाहिन्छ नि घर परिवार मा !उनी भित्र को आत्म विस्वास वास्तवमा उन्को जीवनको कडी नै हो!’हेर घर भनेको ढुंगा र माटोबाट दिइएको एउटा आकार हो। तर नियमले त्यसलाई मन्दिर बनाउछ । त्यै मन्दिर बनाउने काम महिलाको हो । एउटा घर घर परिवार सफल हुनलाई महिलाको हात हुन्छ’’
‘उसोभा पुरुष केहि होइन?
'तिमी यस्ता प्रश्न शोधेर मेरो कान नदुखाऊ त!
’पुरुष त घर को हेड हो नि। ऊ बिना महिला सार्थक हुदैन। महिलाले असल नियम बनाउनु पर्छ र पुरुष र परिवारको अरु सदस्यले त्यसलाई पालन गर्नु पर्छ।अनि मात्र हामीले सफल जीवन बिताउन सक्छौ।‘’ उस्ले शीलाको हात आफ्नो हातमा राक्दै ब्याख्या गर्छ। बिहानभरिको भान्साको धौडधुप, अफिस को कामको चटारो, घरधन्धा र बच्चाको रेख देख स्कूल अनि छुट्टै घरायसी कर्तव्यले थिचिएकी शीला सार्थकताको परिभाषा संझिन्छिन तर 'घरको हेड'को परिभाषा समुरद्रको लहर जस्तै दिमागमा बगिरहन्छ!
‘खै मेरो कपडा तयार भयो?’
उस्को आवाजले उनी भित्र एककिसिमको भाव संचारित हुन्छ - यो पनि नियम नै हो नि ! पालन गर्नु पर्छ!
‘हजुर ह्यांगर मा छ उता’ उन्ले कपडा तयार भएको तिर देखाउछिन।
‘ह्या ल्याउन! ‘ दोश्रो आदेश आउछ ,सायद य पनि नियम नै हो!
‘पालन गरेको खै त?!’शीला भित्र आफै संग अन्तरविरोध गर्दै जवाफ दिन्छन- ‘ म अब भर्खरै देखि नियम बनाउदै छु। ‘
‘कस्तो?’ उस्ले मुख बंग्याउदै सोध्छ।
‘आफ्नो काम आफै गर्ने’ आँखा झुकाउदै शीला जवाफ दिन्छिन ।
‘नजिस्क !‘ उनी स्तब्ध तर मुस्काउदै कपडा पुराइदिन्छन।र हाँस्दै भन्छीन ‘बेल्का चाँडै फर्किनुस र जस्तो मन लिएर जानु हुदैछ त्यस्तै मन लिएर फर्किनुस है त—मैले अर्को नियम बनाए’
‘ल ल धेरै भयो’ उस्ले बाई भनेर हात हल्लाउन उचित ठानेन।
ऊ हतार हतार निस्कन्छ घर बाट। निकै फुर्तिसाथ हिडेको पतिदेव गएको पर सम्म हेरिरहन्छिन शीला।
अस्तु!

Subscribe to:
Posts (Atom)