होस यसपटक म होली खेल्दिन
रंग भर्ने निहु मा
तीम्रा कामुक नजरले धेरै पटक मलाई छ्यापेको छ
मेरो शालीनताको
उपहाश गरेको छ
समिप्याताको
निहुमा
मेरो सुकोमलता माथि प्रहार भएको छ
संस्कारको नाम मा अब म यो रंग खेल्दिन
निथ्रुक्कै भिझने गरि फालिएका लोलाहरुले
मेरो सडक तिम्रो कुटिल बिचारको लागि
प्रतिवाद गर्दैछ
मेरो पाइला तिम्रो अशभ्य शभ्यताको
लागि अट्टहास गर्दै छ,
पोहोर साल ,
तिमीले ले रंग घस्न खोज्यौ
मैले रँग घस्न मन पराए
तर रंगको बदलामा मैले पाएका
तीम्रा चिमोटाई हरुले
मेरो आत्मस्वभिमानको मजाक गर्यो
अदृश्य दर्दको रुपमा ग्रहण
गर्ने क्षमता अब मा भित्र रहेन,
आफ्नै स्वाभिमानको खुम्चिएको हेर्ने
धैर्यता अब मा भित्र रहेन
भो , यसपटक मा रंग लाउदिन
ल!!
Tuesday, March 6, 2012
Wednesday, December 21, 2011
गजल

जानै थ्यो त दैलो टेक्न नआएको भए हुन्थ्यो
पधेँरामा पछ्याउँदै नधाएको भए हुन्थ्यो
जोड्नु अनि तोड्नु माया खेल रै’छ तिम्रो लागि
झुटै सही तर माया नलाएको भए हुन्थ्यो
बनाउँला आफ्नो भन्दै मन दिएँ धोका पाएँ
सोच्छु आज बरु भेट्नै नपाएको भए हुन्थ्यो
गर्यौ बाचा साथ दिने कसम पनि खाथ्यौ त
जानाजानी कसम् झुटो नखाएको भए हुन्थ्यो
सँगै बाँच्ने हाँस्ने खेल्ने रहर् सबै अधुरा छन्
सपना झैँ यी आँखामा नछाएको भए हुन्थ्यो!!
पुष्प राज घिमिरे
(मलाई अत्ति नै मन परेर यो गजल मुहार पुस्तिका बाट सुटुक्क निकालेर जस्ताको त्यस्तै वास्तव मै गजलकार संग नसोधेरै यहाँ राखेकी छु है -- हरेक शेरमा जादु छ अनि प्रेमको अनन्य पुकार छ)
Labels:
गजल
Subscribe to:
Posts (Atom)