Wednesday, September 9, 2009

मन एउटै तरंग बेग्लै

मन्जूर थियो पैतालो
खुकुरीको धार माथि
टक्र्याउन के सकिन पृय!?
र प्रहार गर्यौ ढाड माथि!!


उपस्थिति नै काफी छ बरु
नझिम्काऊ तिमी परेलीहरु
नदेखाऊ तिमी इशारा अरु

छल्किनै आँटे मेरा ओठहरु!!


चक्र यो जिन्दगीको
घुमी रहेछ वेहोसमा
कहिले हाँस्दै कहिले रुदैं
गुज्रिरहेछ हर मोडमा!!

Tuesday, July 28, 2009

वर्तमान!

अतितलाई संझदै
बाँचीरहेच
घायल हृदय
स्मृतीहरुको साथमा,
तर कहीँ कतै फेरी संझना नै
अभिशाप नबनोस भनेर
निराशामै पनि
हिडीरहेछ मुस्कुराउदै
औंशीको तारा जस्तै !!