Friday, November 20, 2009

पत्थरमा ठक्कराइ जीउनै बिर्सेछु!

सोचेकीथे कति कति एक्लो यात्रा भरि
साथदिने हृदयका खालि बाटा भरि
तिमी भूल्यौ टाढिएर अन्तै प्रहरमा
उत्रु लौ! कसरी डुबेकीछु तरंगमा

सागर भित्र लहर साँची राखे यति
तिमीमै छल्किएर मैलाई पुग्ने जति
त्यै लहरले बगाउदा अनि ब्युँझीआएँ
म त रे'छु सपनामा र त धोखा पाएँ

सतहमा जिन्दगीको पौडिदै जादा
यथार्थ नै बिर्सेछु गहिराइमा पुग्दा
प्राप्ति संगै आज पूर्णतामै रित्तिएछु
पत्थरमा ठक्कराइ जीउनै बिर्सेछु!!

3 comments:

Prabesh said...

स्तब्ध भएँ दिदी म त..........

दूर्जेय चेतना said...

अतिनै सुन्दर लेखाई अझ भनु भोगाइ।। मन पर्‍यो साह्रै।

Jotare Dhaiba said...

वियोगी पाराको मान्छे कहाँकहाँ पो ठोक्किने है ! बयान असरदार छ ।