Thursday, October 7, 2010

चिठी

(यहाँहरु बैलाई हिन्दुको यो महान चाँड बडादशैको शुभकामना सहित ति संपूर्ण दिदी बहिनी जो यो महान चाँड दैशैको बेलामा पनि परिवार देखि टाढा परदेशमा दिन बिताउन बाध्य छन लाई हृदय देखि नै समर्पित गर्दछु!)

आमा!

यसपालिको दशैमा पनि
उही पुरानो पोको टकटक्याउदै
तिमीले दिएका अक्षतालाई
तिम्रो आशिर्वाद संझिदै
म स्वयं टीको थाप्दैछु!!

प्यारी छोरी,
दशैको आगमनसंगै
तिम्रो रहर मेट्न
तिम्रा ति छोटा
र मसिना कलिला हातमा
कोसेली स्वरुप
मेरो मात्तृत्वलाई सान्त्वना दिन
तिम्रो प्यारो नाममा
मैले मेरो आशिर्वाद पठाउदै छु!

हजारौ माइलको यो दूरीबाट
परदेशी आमा
अक्षरका यि शब्दमाला भित्र
बिछोडको पिडाले
ब्याकुल मन
आशीर्वाद सहित
तिमीलाई शुभकामना दिन
प्रेषित गर्दैछु छोरी!


तिउरी र बकम्बेलीका फुलहरु जस्तै
रंगी विरंगी भावनाहरु आँखाभरी छरिन्छन,
तिमी टिप्दै छौ कि लालुपातेका पत्रहरु
मेरो स्वागतको लागी
तर पृय!
यसपाली पनि
मेरो निधार
रातो टीका र पहेलो जमरासंगै
ति पाउहरुमा बिसाउन असमर्थ छु !

अब त परिवर्तन भयो रे
सोच्दैछु, कस्तो भयो होला?
कुन रंगमा फेरियो होला
मैले टेकेको धरती!!
हेरत!
विदेसिने बेला
मेरो पछ्यौरीमा
तिमीले पोको पारेको माटो
वर्षौ हुदा पनि जस्ताको त्यस्तै, छ
यसपटक पनि पोको खोलेर हेर्नेछु
उही सुगन्ध सहित
तिम्रा प्रेमिला औलाहरु
मेरा आँचल भित्र सल्बलाउदै छन कि भनेर!

कस्तो देखिन्छ अचेल,
मेरो आँगन!
मिर्मिरेमा रातो माटोले सजिने मेरो दैलो
आँखा भरि अल्झिरहन्च!
कस्तो हुदो हो!
फेरी पनि कमेरोमा
मेरा हातहरु लतपतिन पाए!!
साच्चै,
आँगनको छेउमा हुने त्यो
तुलसीको मठ
मेरो सन्ध्याको दियो पर्खिदो होला !!
त्यसैले हो कि त सुन्दर शहरको
यो झिलमिलीले
आँखा बिझाउछ मेरो?!

पृय!कतै पनि, यो रंगीन दुनियासंग
रंगीन सकिन म!
उही माटोको सुगन्ध खोज्दैछु
यो चिल्लो सडकमा भौतारिदै अझै!

त्यसैले,
विछोडको पिडाले छिया छिया मन
अक्षरमा परिणत गर्दै
दशैको धेरै शुभकामना सहित
मुटुभरीको माया
अर्कोसालमा
शुखद मिलनको कामना भरी
तिमीलाई टक्रयाउदै छु
है त!!


----

5 comments:

झाँक्री बज्यै said...

विजया दशमी २०६७ सालको शुभ उपलक्ष्यमा सु:ख, शान्ति र सम्वृद्धी तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकमाना!!! Wish You And Your Family A Very Happy Vijaya Dashami Dear Di !!! :-)

Anonymous said...

शायद मेरा शब्दहरु देख्ने बितिकै तपाइलाई झनक्क रिस पो उठ्ने हो की डर लाग्छ तैपनी भनिन्छ रचनाकारले रचुन्जेल उस्को सम्पत्ति हो रे तर श्रोता माझ ल्याएपछी त्यो सबैको हुन्छ । पढ्दै जादा लाग्यो शब्दहरुको खोजी अनि तिनीहरुको चयन् उत्कृष्ट लाग्यो । तर सिल्सिला सन्दर्भमा मा कता कता स्पस्ट भएन। आमा भएर लेख्नु भएको हो या छोरि ? आमा प्रदेशिएकी आमा हुन य छोरी ?

Happy Bijaya Dashami to you and your family.
suman

आश्मा said...

धन्यवाद शान्ता बहिनी ! हजुरलाइ पनि मेरो धेरै धेरै शुभकामना!
Anonymous( sumna)
हे हे मलाई रिस उठदैना बरु झोक चल्छ! उनीहरु संग जो देखिएर होइन लुकेर परिस्थिति नियाल्ने गर्छन!सच्चि म संग नडराए हुन्छ किनभने मा पनि हजुरहरु जस्तै मुटु चल्ने मान्छे हु हे हे . धन्यवाद हजुरको प्रतिक्रियाको लागि वा वा sangai यस्तै प्रतिक्रिया pani asadhei manparchha !!
शिर्षक चिठी भए पनि वास्तवमा मैले आफ्नो घरपरिवार देखि टाढा रहेका समस्त चेलीको भावना राख्ने प्रयास गरेकी हु . सफल भए या भईन यो हजुरहरु जस्तै पाठकहरुबाट मुल्यांकन भयो भने मलाई निकै खुशी लाग्ने छ . मेरो यो कविता मेरो आफ्नो निजि परिवेशमा लेखिएको होइन. यहाँ म न छोरी भएर लेखेकी छु मैले न आमा भएर न प्रेयसी भएर नै बरु यो महान चाडको रमझम मा पनि विदेश भूमिमा बस्न बाध्य एउटी नेपाली चेली को व्यथा कस्तो हुन्छ भनेर देखाउने प्रयास गरेकी छु. अहिले Nepal को परिवेश हेर्नुस त विदेशिने हाम्रा दाजुभाइ मात्र नभएर हजारौ दिदी बहिनी पनि हो . आज विस्व को हरेक कुनामा हामी घरपरिवार , सन्तान देखि पर बसेर हाम्रा दिदी बहिनी हरु काम को खोजीमा भौतारी रहेको देख्छु . यही हो मैले देखाउन खोजेको मर्म

Jotare Dhaiba said...

"आँगनको छेउमा हुने त्यो
तुलसीको मठ
मेरो सन्ध्याको दियो पर्खिँदो होला !!
त्यसैले हो कि त सुन्दर शहरको
यो झिलमिलीले
आँखा बिझाउँछ मेरो?!"

नारी मनको कोमलता र माटोसँगको वियोग राम्ररी प्रकट भएको छ कविता । विदेशिएका चेलीहरूको प्रतिनिधि कविता लाग्यो । अलि लामो भएर कुराहरू अलि प्रस्ट रूपमा खिचिन नसकेका हुन् कि जस्तो लाग्यो ।
यहाँलाई पनि सपरिवार शुभ कामना अर्पण गर्छु बडादशैँको । समृद्ध होस् जीवनयात्रा ।

आश्मा said...

Dhaiba,

यहाँको उपस्थितिले र तार्किक प्रतिक्रिया ले कविता केहि हद सम्म ठिकै भयो कि भन्ने अनुमान हो मेरो.. हजुरको सुझाव सम्झनेछु . विजया दशमीको धेरै धेरैशुभकामना हजुरलाई मेरो तर्फ बाट!!:)