पोहोर साल
तिमीले दिएको
मनभरिका शुभकामनाहरुले
भदौरे झरी थाम्न नसकेर
जमीन
पहिरोले गर्ल्याम्म ढल्दा
तेस्को पिडा चुपचाप
kasaile महसुस गrena !
तप तप चुइने छानो मुनि
unai purana sapana कठान्ग्रिदै , रुझ्दै
नियालिरहदा
निर्मोही जस्तै
नदेखे जस्तो गर्नु को बखत
ति शुभकामनाका कुनै पनि शब्दले
साहास दिन सकेनन !!
पल्लो खोला हेर्दा हेर्दै उर्लेर आयो
वल्लो खोला सुस्केरा मार्दै
सुस्केरसंग
सुर मिलाउदै
dobhanko वस्ती उजाड पर्दा
तिम्रो शुभकामना हरु चुपचाप हेरी बसे!!
खै र?!!
जब शुभकामना निरिह भएर आउछन
भो होस्
यसपटक नयाँ वर्षले
शुभकामना नदेऊ
बरु कहिँ कतै छ भने
साहास देऊ
जसले प्रेरणा देओस ति purana sapanalaai
आंधी संग जुध्न सक्ने
वारी पारि बाट
हान्निदै आउने
प्रहारहरू अनि थर्काहटहरु
रोक्न सक्ने!
1 comment:
यसपालीको कविता त कस्तो सङ्क्रमणमा परेछ ! अङ्ग्रेजी र नेपालीको जुनेलो-मकै भुटे जस्तो ।
शुभ कामना होइन, साहसको बिटो थमाएँ है यही कविताको भावअनुरूप ।
Post a Comment