Wednesday, December 21, 2011

गजल


जानै थ्यो त दैलो टेक्न नआएको भए हुन्थ्यो
पधेँरामा पछ्याउँदै नधाएको भए हुन्थ्यो

जोड्नु अनि तोड्नु माया खेल रै’छ तिम्रो लागि
झुटै सही तर माया नलाएको भए हुन्थ्यो

बनाउँला आफ्नो भन्दै मन दिएँ धोका पाएँ
सोच्छु आज बरु भेट्नै नपाएको भए हुन्थ्यो

गर्यौ बाचा साथ दिने कसम पनि खाथ्यौ त
जानाजानी कसम् झुटो नखाएको भए हुन्थ्यो

सँगै बाँच्ने हाँस्ने खेल्ने रहर् सबै अधुरा छन्
सपना झैँ यी आँखामा नछाएको भए हुन्थ्यो!!

पुष्प राज घिमिरे
(मलाई अत्ति नै मन परेर यो गजल मुहार पुस्तिका बाट सुटुक्क निकालेर जस्ताको त्यस्तै वास्तव मै गजलकार संग नसोधेरै यहाँ राखेकी छु है -- हरेक शेरमा जादु छ अनि प्रेमको अनन्य पुकार छ)

1 comment:

दूर्जेय चेतना said...

हो र साच्चै राम्रो रहेछ। चोरु चोरु लाग्ने। हेहे