Sunday, July 26, 2009

बोलि रोक्न सक्दिन म गर्नै परोस बरु प्रतिकार
बाटो मोड्न जान्दिन म लडेरै होस बरु प्रतिहार

स्विकार्न सक्दिन भिख म रगत झर्नै परोस बरु
एक छाक गाँसमा स्वाभिमानमा मर्नै परोस बरु

जित-हारनै प्रतियोगिता हो म एक प्रति-योगी हु
हरेक मोडहरुमा झुध्ने म अकाट्य सह-यात्री हु

मेटाउन नखोज है ज्वाला म अदम्य नव-क्रान्ति हु
ज्वारलाइ चुनौति दिने पूर्णीमाको टलक-कान्ति हु

हत्केला- रेखाहरुमा म जीवनलक्ष देख्दै देख्दिन
औंल्याएको बिन्दुमा म जीवनलक्ष मेट्नै सक्दिन

भाग्यले निर्देशित हुने म जीवन जिउनै मान्दिन
जे लेख्छु पाइलामा दृढ छु म रुक्न जान्दै जान्दिन

1 comment:

Basanta said...

आश्माको ब्लग शुर भईसकेछ। हाम्लाई त खबरै छैन गाँठे:)

निरन्तरता र सफलताको शुभकामना! ब्लग-यात्रा सुखमय रहोस्!