Monday, December 7, 2009

प्रेमसंग गुनासो छ!!

ए मिचिएको आत्मा
मिचिदै जा अझै
पिल्सिु पर्छ तैले
ए रोएको मन
रुदै जा अझै
आँशुका धारा हरु थोरै भए
पुरै समुन्द्र सृजनु छ यहाँ
ताकि हरेक बिरहका बिन्दुहरु
समाहित हुन सकून त्यँहा

कुनै दिन हावामा लहरिदै
उड्ने ति पखेटाहरु
हेर त कसरि टुक्रिदै छन
खुल्ला आकाशमा चंगा जस्तै
निस्फिक्रि तरंगिने रहर
कठोर चट्टानमा संग जुधांउनु छ
किनकी यहाँ खुशी हुन मनाही छ
र प्रेमसंग गुनासो छ

5 comments:

Unknown said...

आत्मा, मन, पखेटा, रहर अन्यायमा भलै परेका होलान् । खुशीमाथीको प्रतिबन्ध या त समयले लगाएको हुनुपर्छ या आफैं त्यसैले यति सजिलै प्रेममाथी गुनासो गरिनहाल्नु पर्ने । सबथोक हारेर एक्लिंदा पनि साथै हिंडाउन सकिने यो 'प्रेम'माथीको गुनासो क्षणभरको होस् । कविताको बान्की खुब मनपर्यो ।

Dilip Acharya said...

पृथक धारको लाग्यो यो कविता। पृथक तर रोचक ।

दूर्जेय चेतना said...

मलाई पनि राम्रो लाग्यो, मन मा हलचल ल्यायो तर लेख्नको लागि कुनै धारनै फेला परेन। राम्रो धेरै राम्रो लाग्यो

Anonymous said...

कुनै दिन हावामा लहरिदै
उड्ने ति पखेटाहरु
हेर त कसरि टुक्रिदै छन
खुल्ला आकाशमा चंगा जस्तै
निस्फिक्रि तरंगिने रहर
कठोर चट्टानमा संग जुधांउनु छ
किनकी यहाँ खुशी हुन मनाही छ
र प्रेमसंग गुनासो छ


क्या मज्जाको कविता । दोहोर्याएर पढेँ मैले । निरन्नतारको शुभकामना छ ।

आश्मा said...

धन्यवाद हजुरहरु सबैलाई!
दीपकजी खुसीमाथी प्रतिबन्ध कहिले नचाहेर पनि लाग्छ है । मन बलियो भए पनि यो प्रेमले कहिले पराजितपनि गराउन सक्छ है:)
दिलिपदाइ हजुरको दृष्टि परेछ कम्तिमा मेरो टुक्रा मा केहि त छ :)
हलचल?!
राजेश धन्यवाद है
इमान्दारिताका साथ भन्नु पर्दा यो कबिता नितान्त रुपमा काल्पनिक तर पनि आँसुका थोपा संगै सृजित भएको हो !!