Sunday, April 4, 2010

मीटर नापीरहेछन अचेल!

ब्यस्त यो शहरसंग
उस्तै ब्यस्त बाटोसंग
हरेक मोडमा झुध्ने आयामहरुसंग
सधै एक्लो
सधै पृथक
अचम्मको लाग्ने
प्रश्नका हुलहरु
आँखा वरिपरि घुम्ने निरुत्तरित
संकोचपूर्ण सपनाहरु


न खुशी भर्न सक्छन दिनहरुमा
न हाँसो छर्न सक्छन रातहरुमा
फेरि पनि
एकसर्को सासको लागि
एक धर्को आशको लागि
उकाली र ओरालीमा तीखा ढुंगा संग
निर्धक्क मितेरी गाँस्ने पाइला
विदेशको चिल्लो सडकमा
अलपत्र
मीटर नापिरहेछन अचेल!

No comments: