ब्यस्त यो शहरसंग
उस्तै ब्यस्त बाटोसंग
हरेक मोडमा झुध्ने आयामहरुसंग
सधै एक्लो
सधै पृथक
अचम्मको लाग्ने
प्रश्नका हुलहरु
आँखा वरिपरि घुम्ने निरुत्तरित
संकोचपूर्ण सपनाहरु
न खुशी भर्न सक्छन दिनहरुमा
न हाँसो छर्न सक्छन रातहरुमा
फेरि पनि
एकसर्को सासको लागि
एक धर्को आशको लागि
उकाली र ओरालीमा तीखा ढुंगा संग
निर्धक्क मितेरी गाँस्ने पाइला
विदेशको चिल्लो सडकमा
अलपत्र
मीटर नापिरहेछन अचेल!
Sunday, April 4, 2010
Thursday, February 25, 2010
तिमीलाई नै सुम्पिदैछु!
भन्छन जीवन यात्रा हो रे
जो,निरन्तर चलिरहन्छ
दिनरातको चक्र संगै,
निरन्तर घुमिरहन्छ
कहिले उतार कहिले चढावसंगै
मक्केका पदचापहरु केलाउदै
अतितको पूर्ण पाना पुन: नियाल्दै
विगतका सबै खुशीहरु
तिमीलाई नै सुम्पिदैछु!
चोट चोट नै के भयो र?!
दुखाइ मात्र पाए पछि
हाँस्न खोज्ने अधर अनि
परेली नै रुजाए पछि
बलेन्द्री सरी सारा आँशु
घुट्काउदै तिम्रो लागी
गुज्रेका ति मीठा उमंगहरु
तिमीलाई नै सुम्पिदैछु!
एकादेश कथा जस्तै
कहानी यो जिन्दगीको
लिखित सबै भाषाहरु
सागर भित्र डुब्दै जादा
भावनाका रंगहरु
भुमरीमा भौतारिदै जादा
रित्तो पाना साथ राखी
मीठो स्मृतीले भरिएको
अनमोल निशानी
रंगिन पानाहरु
तिमीलाई नै सुम्पिदैछु!
जो,निरन्तर चलिरहन्छ
दिनरातको चक्र संगै,
निरन्तर घुमिरहन्छ
कहिले उतार कहिले चढावसंगै
मक्केका पदचापहरु केलाउदै
अतितको पूर्ण पाना पुन: नियाल्दै
विगतका सबै खुशीहरु
तिमीलाई नै सुम्पिदैछु!
चोट चोट नै के भयो र?!
दुखाइ मात्र पाए पछि
हाँस्न खोज्ने अधर अनि
परेली नै रुजाए पछि
बलेन्द्री सरी सारा आँशु
घुट्काउदै तिम्रो लागी
गुज्रेका ति मीठा उमंगहरु
तिमीलाई नै सुम्पिदैछु!
एकादेश कथा जस्तै
कहानी यो जिन्दगीको
लिखित सबै भाषाहरु
सागर भित्र डुब्दै जादा
भावनाका रंगहरु
भुमरीमा भौतारिदै जादा
रित्तो पाना साथ राखी
मीठो स्मृतीले भरिएको
अनमोल निशानी
रंगिन पानाहरु
तिमीलाई नै सुम्पिदैछु!
Subscribe to:
Posts (Atom)