एक जीवन्त आत्मा
दुबै तिर बन्द बाटो
अन्धो निर्देशन ,
रित्तो पेट,
अनि,
नांगो खुट्टामा
जिगीषा,
अध्यारो रातमा
टल्काउदै आँखा
तलाशीरहेछ
एक सुन्दर सपना!!
Monday, May 10, 2010
Sunday, April 4, 2010
मीटर नापीरहेछन अचेल!
ब्यस्त यो शहरसंग
उस्तै ब्यस्त बाटोसंग
हरेक मोडमा झुध्ने आयामहरुसंग
सधै एक्लो
सधै पृथक
अचम्मको लाग्ने
प्रश्नका हुलहरु
आँखा वरिपरि घुम्ने निरुत्तरित
संकोचपूर्ण सपनाहरु
न खुशी भर्न सक्छन दिनहरुमा
न हाँसो छर्न सक्छन रातहरुमा
फेरि पनि
एकसर्को सासको लागि
एक धर्को आशको लागि
उकाली र ओरालीमा तीखा ढुंगा संग
निर्धक्क मितेरी गाँस्ने पाइला
विदेशको चिल्लो सडकमा
अलपत्र
मीटर नापिरहेछन अचेल!
उस्तै ब्यस्त बाटोसंग
हरेक मोडमा झुध्ने आयामहरुसंग
सधै एक्लो
सधै पृथक
अचम्मको लाग्ने
प्रश्नका हुलहरु
आँखा वरिपरि घुम्ने निरुत्तरित
संकोचपूर्ण सपनाहरु
न खुशी भर्न सक्छन दिनहरुमा
न हाँसो छर्न सक्छन रातहरुमा
फेरि पनि
एकसर्को सासको लागि
एक धर्को आशको लागि
उकाली र ओरालीमा तीखा ढुंगा संग
निर्धक्क मितेरी गाँस्ने पाइला
विदेशको चिल्लो सडकमा
अलपत्र
मीटर नापिरहेछन अचेल!
Subscribe to:
Posts (Atom)