Tuesday, July 28, 2009

वर्तमान!

अतितलाई संझदै
बाँचीरहेच
घायल हृदय
स्मृतीहरुको साथमा,
तर कहीँ कतै फेरी संझना नै
अभिशाप नबनोस भनेर
निराशामै पनि
हिडीरहेछ मुस्कुराउदै
औंशीको तारा जस्तै !!

4 comments:

दूर्जेय चेतना said...

बढि सन्तुलित भाव सहितको छोटो र मिठो कविता। अतित कस्को छैन र? आतितले कस्लाई बर्तमानमा झस्काउदैन र? । पृष्ठभुमीमा अन्धकार भए पनि हास्नु नै छ नी बर्तमानलाई खुसी राख्न। जे भए पनि अतितलाई सम्झदै बर्तमानलाई सन्तुलित राख्नु सक्नुनै सफल जीवन हुनेछ ।
धन्यवाद सुन्दर रचनाको लागि।
तपाईको सबै कबिताहरु पढेँ, साह्रै सुन्दर र यथार्थपरक छन्। निरन्तर अगाडि बढ्नु होला, मेरो शुभकामान!!

Sujan Sharma said...

छोटो र मिठो कविता।

दीपक जडित said...

अहा ! यो ब्लग कैले देखिको सञ्चालनमा थियो ? मैले त आज देखें । खुशी लाग्यो । राम्रा कविताहरु पढ्न पाईयोस् - शुभकामना !

आश्मा said...

धन्यवाद दूर्जेय सुजन र दीपकजी!
खै के सञ्चालन भन्ने शूरुवात केहीं महिना पहिले नै गरेकी थिए तर ....:)
जेहोस सबैको सिको गरेकीछु मैले पनि --- सधै यस्तै माया र हौसला पाईरहनेछु..हैन त:)