Sunday, September 20, 2009

के तपाईँलाई पनि त्यस्तै लाग्छ?!

अस्ति दिउँसो काम बाट फर्किदा म सिधै उन्को घरमा गए। मेरो घरमा पनि कोही थिएन र अर्को कुरो त्यहाँबाट छोरीको स्कूल बस स्टप नजिकै पनि थियो। घरमा एक्लै बस्नु भन्दा साथी संगीको जमघटमा घुममिल भएर हसिं मजाक गर्न मलाई साह्रै मनपर्छ र त्यस्ले उर्जा पनि त थपिदिन्छ नि थाकेर लखतरान परेको बेला। तर भेट भयो कि केही न केही खाऊ भनेर हैरान गर्छिन उनी । मेरो एउटा कमजोरी के छ भने साथीको अनुरोध अस्वीकार गर्न सक्दिन। अनि बनाउन सजिलो हुने कुरा खान्छु भन्दिन्छु म । हे हे हे उन्लाई बनाउन सजिलो चै फेरि चिया । उन्को सजिलोको लागि त्यही नै ठिक तर मलाई चिया त्यति मनपर्दैन । चिया मन नपर्नुको खास कारण त तात्तातो पिउनु पर्छ अनि पिईसकेपछि एकछिन सम्म जिब्रो पोली रहन्छ ।म चिया पिउदै थिए.. एकजना बहिनी बडो मायालू भावमा नजिकै आएर सोधीन--

‘के छ हजुर को हालखबर? सबै ठिकै छ घरमा?!’
‘ठिकै छ त..!!’
‘ अनि दाई नानीहरु ‘
‘ठिकै छन् ! अनि उहाँलाइ पनि सन्चै छ!’
‘अनि नेपाल तिर नि?’
‘राम्रो छ रे’
‘ठिक ठिक बोल्नु है दिज्यू ..झुट नबोल्नु ल’झन माया पो देखाउन थालीन त उनी !!!!
‘किनझुट बोल्ने तिमी संग म?’—साच्चै मलाई झोक चल्न थालेको थियो उनी संग।
‘हेर नानी, बोल्न मन लागे सहि बोल्छु बोल्न मन नलागे म झुट त बोल्दै बोल्दिन बुझ्यौ? मलाई झोक नचलाऊ त!- मैले हाँसर भने ।
‘दुखी हुनु भन्दा बरु झोक नै चलाउनु । तर..’
‘तर के?’
‘अं ..अँ....नि अनि किन त्यस्तो लेख्नु भा त?’
‘किन ?कहाँ? के लेखे मैले?!एकै सासमा मनमा लागेको थुप्रै प्रष्न सोधे मैले।
‘त्यहाँ ब्लगमा!!’
लौ भयो त अब !!
अचम्म !!!
मैले लेखेको गन्थन् सबै मेरो जीवनमा गुज्रिदै गरेको वा साच्चैको नै हो भन्ने लागेछ उन्लाई।

म चै मन भरी मिठो तरंग लिदै अन्तिम सर्को चिया घुटुक्काएर छोरीको स्कूलबस कुर्न बाटोतिर लागे।

तर उन्ले भनेको कुरा धेरै बेर सम्म मनमा खेलीरह्यो। साच्चै साहित्यिक रचनाका सबै घटनाहरु के रचनाकारले ब्यक्तिगत रुपमा भोगेर मात्र लेख्ने गर्छन त?!!!

4 comments:

Deepak Khadka said...

अब यस्तो नि, साहित्यमा काल्पनिक (Fiction) र गैर-काल्पनिक (non-fiction) भनेर वर्ग नै छुट्टै हुन्छ । अनि fiction मा यसमा वर्णित पात्र र घटना कसैसंग मेल खान गए त्यो संयोग मात्र हुनेछ भनेर disclaimer गर्ने चलन छ ।
तर वास्तविकता के हो भने fiction नै भनेपनि त्यो खासमा विभिन्न reality हरु मिसाएर बनाईएको हुन्छ । खासमा जुन fiction पढ्दा ठ्याक्क reality जस्तो लाग्छ नि, हो त्यही हो रचनाको स्तरियता । अभिनय जस्तै नि । जुन अभिनय वास्तविक जस्तो लाग्छ त्यही अभिनय उत्कृष्ट हो नि, होईन ?

Basanta said...

दीपक दाइले भनेजस्तै हो। काल्पनिक भनेर लेखेपनि लेखकको भोगाई र चिन्तन धेरै हदसम्म मिसिन आईपुगेको हुन्छ।
केहि संवेदनशील मान्छेहरु भने रचनाका घटनाक्रमहरु पूरैका पूरै लेखककै जीवनमा घटेको होला भन्ने ठान्दा रहेछन्। यस्तो कुरा ब्लगका हकमा बढी होला किनभने यसलाई बिल्कूलै 'नीजि' मानिन्छ।

सूर्य/सिकारु said...

दशैंको सुखद क्षण संगै आश्मा जी का भावनाका बेगहरुमा समाहित हुन आइपुगे शुभ साइतमा जोडीएको यो बिधुतिय साइनोले पक्कै आउदा दिनहरुमा न्यानो मित्रताको भाव ल्याउने छ भन्दै

बिजया दशमीको उपलक्ष्यमा सम्पूर्ण ब्लगर मित्रहरु लगायत देश-विदेशमा रहनुभएका सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु , दुर्गा माताले सबैको सधै कल्याण गरुन, मेरो शुभकामना .......

कृष्णपक्ष उज्यालोको खोजिमा said...

आश्माजी, साहित्यलाइ निश्चय नै लेखकको आफ्नो परिवेश, भोगाई वा दर्शनले पक्कै प्रभावित बनाउछ नै, र फिक्सनमा पनि केही हदसम्म उसको भावना प्रतिबिम्बित भएको हुन्छ । तर नितान्त काल्पनिक विषयवस्तुलाई आफ्नो साहित्यमा उतार्नु पनि उसको खुबी नै हो भन्छु म ।
विजया दशमीको उपलक्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।