Thursday, September 10, 2009

जुनी बिसाईं दिउँला!


पाए कतै निमन्त्रणा समिप मै आई दिउँला
देखे इशारा मात्रै नै चोखो माया लाई दिउँला

छोईदिए उनले झन जोडले धड्कि दिउँला
सोधे भने ‘जीवन’ मुटु भित्रै देखाई दिउँला

ईन्द्रेणीको रेखा भित्र सारा यौवन भरिएको
मागे उन्ले प्रेमले सातै रँग्मा रँगाई दिउँला

साचेकीछु तृष्णाहरु सबै लुकाएर छातीभरि
हेरे मात्रै मायाले हत्केलामै थमाई दिउँला

सजाइरहेछु गोरेटो मेरो उन्को प्रतिक्षामा
संझी आए कदमभरी नयन ओछ्याई दिउँला

सोचाइले मात्रै भेट्को' रोमान्चित हुदैछु आश्मा
स्पर्शै भए पुग्छ नि पृय! जुनी बिसाई दिउँला

3 comments:

rahulvai said...

तपाईंको लेखन शैली र स्तरियताको जानकार भएको नाताले बिशेष टिप्पणी छैन। सदा झै सुन्दर अनि भावपूर्ण अभिब्यक्ती ।

HAWA said...

स्पर्श पनि चाहिदैन आस्मा... मनमा माया छ भने

दूर्जेय चेतना said...

यो माया भन्नै कुरै यस्तो। जुनसुकै कुरामा पनि सन्तोष हुने रहेछ सायद। माया भए पछि जसरी पनि जीवन बिताउने मनोबल हुदोरहेछ । ल है यसपाली पनि साह्रै मर्मस्पर्शी गजल आयो।