उपहार तिम्रो अन्तस्करण देऊ मलाई
यथार्थ जे छन् ती अनावरण देऊ मलाई
वर्षौ देखि जर्जर छु भग्नाबशेष हुन बाँकी
नढल्दै निर्माणको उदाहरण देऊ मलाई
पुछ्न थाल्यौ मलम फेरि नसुक्दै घाऊहरु
प्रतिबद्धता ओखतीको आमरण देऊ मलाई
उही पुरानो ढाँचा नै किन नयाँ परिवेशमा
नमक्किने परिस्कृत संस्करण देऊ मलाई
पाराकाष्ठा नाघीसक्यो तिम्रो ओठे शब्दजालले
म फ्याँकिदिन्छु तिम्रो आवरण देऊ मलाई
** यो ब्लग कहिले चै भाँडो तर कहिले चैं हाँडो हुनेरहेछ साच्चै। अघिल्लो महिना देखि हुदै गरेको अस्थिरता र ब्यस्तताको कारण निकै पछी आज तर मेरो पुरानो डायरीबाट मेरो गन्थन झिकेर यता नयाँ झुपडीमा सारेकी छु जस्ताको त्यस्तै..:)
6 comments:
कस्तो राम्रो !!!!!
लेखेको पहिलै भएपनि जहिल्यै सान्दर्भिक हुने रहेछ दिदी यो गजल त !!!
यो टिप्पणी लेख्ने ठाउँमा उभिएर ताली बजाउने अप्सन पनि हुनपर्ने ! मैले वाह! वाह! का साथ ताली बजाएँ । पाँचै शेरहरु मनपरे, गफगाफका भाइले भनेझैं जहिल्यै सान्दर्भिक हुने ।
साह्रै राम्रो!! वाह! वाह। कस्तो सुन्दर शब्दजाल..
दिदी साह्रै राम्रो गजल!!मैले पनि कोशिस गरेको हुँ गजल लेख्न आफैलाई मन नपरेर छोडिदिएँ । यस्तो मीठो भावना मलाई चै किन नफुरेको होला ??
हजुरको सवै कुरा मनपर्छ मलाई । तर मलाई 'जी' भनेको चैँ मनपरेन । मेरो लेख मनपराईदिनुभएकोमा कृतज्ञ छु ।
गजल राम्रो छ। हुन त म गजलसंग निकै पराइ छु। तर नेपाली ब्लगहरुमा गजल निकै देख्ने गर्छु। अब भने १ एउटा गजल पक्कै लेख्छु।
आश्मा दिदी दौंतरी धान्न सहयोग गर्नुहोला भनेको आफ्नै ब्लग पो हाडो भन्नुभयो, अपडेट गर्दैगर्नुहोला।
Nepalean
अत्यन्त सुन्दर !!
Post a Comment