थुंगाथुंगा फूल जस्तै तिम्रो सुवास बहिरहोस
पत्र-सयपत्रीको जति तिम्लाइ खुशी मिलोस
मखमली फूल जस्तै नओलाउने जीवन रहोस
घेरीदिँए तिमीलाई दशधारा तेल राखी
पूजीदिए तिमीलाइ पञ्चज्योति दीपसाछी
जित अनि दिर्घायूको कामनागरी मनभरी
टुक्रयाईदिए दु:ख बाधा आउने ति बाटोभरि
बढिरहोस यात्रा तिम्रो निरन्तर गोरेटोमा
चुमीरहोस शिखरले सधै तिम्रो पाइलामा
शब्दभरि कोरीदिए मनभित्रको भावना
फक्रिरहोस तिम्रो जीवन यहीं मेरो कामना।।
(प्रकाशित नेपालीपोष्ट --मिति २३ अक्टोबर २००६.)
{घरको संझना आयो.
दाजुहरुसंगको रमाइलो टीका याद आयो,
लेख्न फुर्सद भएन,
तर समझना रोकिएन,
मलाई धेरै धेरै गुनासो
यो पराई भूमिसंग..... :( }
2 comments:
दिदीबहिनीको, घरको र भाइटिकाको सप्तरंगी सम्झना दिलाउने मिठो कविता ! आश्माजी यस्तै भावनाहरु र सम्झनाहरु त हुन परदेशीको मन बुझाउने ... तपाइको पोस्टले मनको भित्रि तह छोयो ।
परदेशमा बस्नेलाई साह्रै गाह्रो है दिदी चाडपर्वमा ? देशको सम्झनाले साह्रै सताउने !!
Post a Comment