Thursday, October 22, 2009

जीवन

रुनुपनि जिन्दगी हो हाँस्दा हाँस्दै रोइ दिन्छु
हाँस्नु पनि जिन्दगी हो रुँदा रुँदै हाँसी दिन्छु
कोलाहलले ब्याप्त तर शून्य सफर भरि
रमाउनु पर्छ रे यहाँ रमेरै बाँची दिन्छु ।

कैले छाति फुटाएर टुक्रीदिउँ जस्तो लाग्छ
कहिले दिलै खोलेर हाँसीदिउँ जस्तो लाग्छ
हाँसो अनि रोदनको दोसाँधमा जिन्दगी
नबुझेको कल्पनामा गुज्रीरहूँ जस्तो लाग्छ।

भर्न खोज्छु सपनाहरु झन् रित्तो भैदिन्छ
कोशिश गरे रित्याउने भरेको आभास् हुन्छ
भरिनु र रित्तिनुको चक्र भित्र घुम्दै घुम्दै
चिप्लेका कदहरु सम्हाली रहूँ जस्तो लाग्छ।

चाहादैमा क्षितिज छोप्न सकिने कहाँ हो र?
सम्झदैमा गन्तब्य भेटिई हाल्ने कहाँ हो र?
कठोर यो समयको अधिन भित्र रहनु छ
पनि सुन्दर् जीवन पाइरहूँ जस्तो लाग्छ

5 comments:

Ashesh said...

बस् जीन्दगी भनेकै यै त हो......

Prabesh said...

जे भएपनि बाँच्नै पर्यो दिदी, हाँस्नै पर्‍यो....

Jotare Dhaiba said...

यसरी दर्शनमा कुँदिएको जीवन बाँच्न सक्नु साह्रै आह्रिस लाग्दो ।

राजेश बुढाथोकी 'नताम्स' said...

आश्मा जी, कविता निकै राम्रो । तपाइर्का जीवनका प्रतिविम्बहरु आर्दश छन् ।
तपाईको ब्लगमा छिरेकै थिइन् । यसो चियो चर्चो गर्दा गदै पसेको हु । पोष्टहरु थोरै रहेछन् तर बहुमूल्य । निरन्तरताको शुभकामना है ।

मेरो ब्लगमा पनि स्वागत गर्दछु तपाईलाई । विविध पाटोहरुका बारेमा संगाल्ने प्रयत्न गरेको छु ।
यहाँ क्लिक गर्नुहोस् ।

आश्मा said...

प्रवेश अशेष भाइ खै र--जे छ त्यै हो नि --- कहिले चै धेरै बुझ्दा पनि दुख दिने गर्छ रे जिन्दगीले!
धाइबाजी धन्यवाद है --धेरै आह्रिस गरे बिचरी म के गरुला !! :)
राजेशजी स्वागत छ हजुरलाई र धेरै धन्यवाद पनि!! लेख्न अलि थोरै र पढ्न धेरै मनपर्छ ---ओ हो निकै परिष्कृत रहेछ हजुरको ब्लग चै मलाई मिठो र असल खुराकी मिल्यो धन्यवाद एकपटक फेरिपनि -----:)