कोशेली तिमीलाई मेरो शुभकामना
थोरै होला पोकोमा सिंगो हिमाल अर्पन्छु
हुनत, तिमीले खनेको गोरेटोमा
एक पाइला मेरो पनि हुनु पर्थ्यो
आँधी जस्तै तिम्रो त्यो आगमनमा
गती मेरो पनि हुनुपर्थ्यो
तिमीले देखाएको ‘तारो’मा
एक संगीन मेरो हुनुपर्थ्यो
तिमीलाई भेट्दा त्यो आँखामा
ज्वाला आक्रोसको दर्द पिडाको
आभास भएको थियो
खोलाको बगरमा मेरी बहिनी
बालुवा र रगतले पुरिएकी………..
देख्दा मेरो जमिन थर्किएको थियो ,
त्यहि रातो टिका तिम्रो निधारमा
अनि हरियो दुबोको माला
सिंगै तराइ तिमीलाई
लम्कदै जानू
गन्तब्य पर्खीरहेछ
अटल सगरमाथा साहस दिईरहेछ
मेची देखि काली जुर्मुराइ रहेछ!!
बस्!
आवाज देऊ!
करोडौ प्रतिध्वनी
तिम्रो शंखनादको
हिमाल,पहाड,वेंसी हुदै गुन्जिनेछ
सफलतामा बजेका
करोडौ तालीहरुमध्ये एक ताली मेरो हुनेछ
नडगमगाऊन
तिम्रा अदम्य पाइलाहरु
अखण्ड लक्ष प्राप्तिको लागि
कोषौ टाढाबाट यी शब्दहरु काफी नहोलान्
तर मेरो ह्रदयभरीको
अटुट “विश्वास अनि शुभ-कामना”
कोशेली तिमीलाई
(( २००६ -जनआनदोलन शुरुहुदाको यो मेरो गनथन ---त्यसैको सफलताको लागि थियो --- हामीले थुप्रै कुरा पायौ तर विडम्बना त्यस्को सहि उपयोग गर्न अझै सकेका छैनौ---खै आझ के कुराले मलाई अतितको यो पाना तिर तान्यो --जे होस जहाँ रहे पनि देश , आमा र मित्र आत्मा भित्रै बस्नेरहेछन )
3 comments:
त्यो बेला यस्तै कामना थियो सायद सबैको । मलाई पनि यस्तै लाग्थ्यो तर केहि हुनु पनि केहि होइन रहेछ भन्ने भा'छ अहिले ।
दिपकजीले भने जस्तै हुन्छ मलाई पनि। तर यथार्थ रुममा आफूलाई उभ्याउनु भयो । सुन्दर शब्द र प्रश्तुती।
धन्यवाद दीपकजी र दूर्जेयजी!:)
Post a Comment