Wednesday, September 30, 2009

तँलाई मेरो सलाम!

चोटै चोटले भरिएको जिन्दगीमा,
हृदयभरि उपहास बोकेर
जब म,
निराधार यात्रा हिड्दैथिए
त्यतिबेलै,
मेरा ति सबै सुषुप्त भावनाहरुमा
मायाको अंकुरण जगाउदै
मेरा निर्बल पाइलाहरुको
बलियो साहारा बनेर
उदयमान जीवन
तँलाई मेरो सलाम!
(पुरानो डायरी बाट)

2 comments:

Basanta said...

छोटो-मिठो छ! कवितालाई मेरो सलाम!!

Jotare Dhaiba said...

मैले भने यस्तो जीवन पाउनेलाई पनि सलाम गरेँ है ! तर अड्कलिसक्दा नसक्दै कविता त नेटो कटिहाल्ने छोटो छाँटको रहेछ ।
अझै गाढा आस्वादन भने मिलेन ।